वैशाख ६,२०८३ / १० : ५५ अपरान्ह / 2026-04-19 10:55 pm
      • param ad
      • furniture
      • veera Incorporation

      घण्टाकर्ण पर्वमा शक्तिपिठमा घुइँचो

      - ७ वर्ष अगाडि
      श्रावण २४,२०७५

      काठमाण्डौ,साउन शुक्ल चतुर्दशी दिन मनाइने गँठेमंगल अर्थात घण्टाकर्णको अवसरमा बिहीबार बिहानैदेखि भक्तपुरका विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ ।

      यस पर्वलाई नेवार समुदायले ‘सिनाज्या ब्यंकेगु’ अर्थात् रोपाइँ सकिएको पर्वको रूपमा मनाउने गर्दछन् । बिहीबार आजको दिन नेवार समुदायले बिहानै घरमा लिपपोत गर्नुका साथै शुद्ध भएर विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँको जल ल्याएर घरघरमा छर्कने प्रचलन रहँदै आएकाले दर्शनार्थीको भीड लागेको हो ।

       नेवारी समुदायमा आजदेखि परम्परागत नाच तथा बाजागाजा सिकाउन शुरु गरिनुका साथै गाइजात्रामा प्रदर्शन गरिने विभिन्न भैरव नाच तथा व्यंग्यले भरिपूर्ण नाटकको प्रशिक्षणसमेत दिइन्छ 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d