वैशाख ६,२०८३ / १० : ५३ अपरान्ह / 2026-04-19 10:53 pm
      • param ad
      • furniture
      • veera Incorporation

      बृहत् तीज व्यापार मेला भदौमा

      - ७ वर्ष अगाडि
      श्रावण २३,२०७५

      काठमाण्डौ, महिला उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवद्र्धन गर्ने उद्देश्यले राजधानीमा बहृत् तीज व्यापार मेला आयोजना हुने भएको छ । महिला सिर्जनशील केन्द्रद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रकी अध्यक्ष मिरु थापाले महिला सिर्जनशीलता र उद्यमशीलतालाई प्रोत्साहन गर्न मेलाको अयोजना गरिएको बताईन् । 

      व्यापार मेला आगामी भदौ ७ देखि १० गतेसम्म स्थानीय भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुनेछ । मेलामा महिला उद्यमीले उत्पादन गरेका विभिन्न सामग्रीसहितका करीब २०० बिक्री तथा प्रदर्शनी कक्ष रहने बताइएको छ । करीब एक लाख व्यक्तिले मेला अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ । 

      मेलामा अवलोकनकर्ताका लागि निःशुल्क स्वास्थ्य शिविर, फोटो खिचाउने, मेहेन्दी लगाउने र कपाल कटाइको सुविधा रहेको केन्द्रकी अध्यक्ष थापाले बताईन् । मेलाबाट प्राप्त आम्दानीको ५० प्रतिशत सामाजिक संघसंस्थालाई प्रदान गरिने बताइएको छ । विसं २०५४ मा स्थापना भएको उक्त संस्थाले महिलालाई विभिन्न सीपमूलक तालीम दिई उद्यमशीलता विकासमा टेवा पु¥याउँदै आएको छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d