वैशाख २३,२०८३ / ०१ : ५७ अपरान्ह / 2026-05-06 01:57 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आध्यात्मिक पर्यटनको ठूलो सम्भावना छः प्रदेश प्रमुख

      - ७ वर्ष अगाडि
      श्रावण १४,२०७५

      पोखरा,  गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशमा आध्यात्मिक पर्यटनको ठूलो सम्भावना रहेको बताउनुभएको छ । 

      साउन महिनाको दोस्रो सोमबार आज लमजुङ मध्यनेपाल नगरपालिका वडा नं ६ रामबजारस्थित ईशानेश्वर महादेव मन्दिरको दर्शनपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले धार्मिक क्षेत्रको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा जोड दिइनुपर्ने बताउनुभयो । 

      प्रदेश प्रमुख कुँवरले गण्डकी प्रदेशमा महत्वपूर्ण शक्तिपीठ रहेको उल्लेख गर्दै यस्ता धार्मिक क्षेत्रको उजागर गर्न स्थानीय र प्रदेश सरकारको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । 

      साउन महिनाको हरेक सोमबार दर्शनार्थीको विशेष भिड लाग्नुका साथै शिवरात्रि पर्वमा सो क्षेत्रमा धार्मिक भेला लाग्ने गरेको इशानेश्वर महादेव क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र घिमिरेले जानकारी दिनुभयो । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d