वैशाख ८,२०८१ / ०२ : ३० पूर्वान्ह / 2024-04-20 02:30 am
      • param ad
      • furniture
      • veera Incorporation

      वस्तुसम्बन्धी परामर्शमा गर्गाचार्यको फड्को, कतारमा एकै दिन २ कार्यक्रम

      - ५ वर्ष अगाडि
      श्रावण २,२०७५

      काठमाण्डौ । अहिलेका प्रसिद्ध वास्तुविज्ञ एवम् ज्योतिष श्याम बाबु आचार्य (गर्गाचार्य) को उपस्थितीमा दैनिक जीवनमा वास्तुले पार्ने प्रभाव, समस्या समाधान विषयमा कतारमा विशेष कार्यक्रम हुने भएको छ ।

      गर्गाचार्यको सहभागितामा वास्तुशास्त्र तथा योग सत्संग कार्यक्रम कतारस्थित नेपाली दुतावासमा साउन ४ गते अर्थात जुलाई २० तारिखका दिन विशेष कार्यक्रम हुने गर्गाचार्यले जानकारी दिए ।

      यस कार्यक्रमको आयोजक संस्कार नेपाल दोहा कतार रहेको गर्गाचार्यले जानकारी दिए ।

      गर्गाचार्यको परामर्श निकै प्रभावकारी भएकाले उनीहरुकै निमन्त्रणामा उनी जान लागेका हुन् ।

      श्याम बाबु आचार्य गर्गाचार्य अन्तराष्ट्रियस्तरमा ख्यातिप्राप्त र सफल वास्तुविज्ञ भएकाले उनको माग विश्वभरी भइरहेको छ ।

      कार्यक्रममा वास्तुसम्बन्धी ज्ञान लिन चाहने कम्तिमा ५० जनाको उपस्थिती रहनेछ । अन्तराष्ट्रियस्तरको कार्यक्रममा भएकाले पहिले नै नाम दर्ता गराएकालाई मात्र सहभागि गराइने कार्यक्रममा प्रस्तोता श्याम बाबु आचार्य गर्गाचार्यले जानकारी दिए ।

      कार्यक्रममा वास्तुको असर, प्रयोग र मानव जीवनमा हुने परिवर्तनका विषयमा विशेष जानकारी गर्गाचार्यले दिनेछन् । त्यसैगरी घर कस्तो ठाँउमा बनाउने, बनाइसकेपछि कसरी डेकोरेशन गर्ने, घरको प्रयोग कसरी गर्ने लगायतका विषयमा वास्तुविज्ञ गर्गाचार्यले उपस्थित सबैलाई विशेष प्रशिक्षण दिनेछन् ।

      “घर वा कार्यालयमा भएको वास्तु उर्जालाई कसरी व्यवस्थापन गरेर आर्थिक, सामाजिक र मानसिक रुपमा कसरी समृद्ध बन्ने भन्ने विषयमा विशेष जानकारी दिइनेछ ।” गर्गाचार्यले भने ।

      जरो र किलो नेपालमा भऐको अन्तर्राष्ट्रिय शक्ति दोहा कतारको आयोजनामा दोहास्थित स्वागत रेष्टुरेण्टमा साउन ४ गते गर्गाचार्यले वस्तुसम्बन्धी विशेष परामर्श दिन लागेका हुन् । उक्त कार्यक्रम कतारको स्थानीय समयअनुसार दिउँसो ३ देखि ६ बजेसम्म हुनेछ ।

      सोही दिन जरो र किलो नेपालमा भएको अन्तराष्ट्रिय शक्ति कतारको आयोजनामा कार्यक्रम यही साउन ४ गते कतारको दोहास्थित स्वागत रेष्टुरेण्टमा हुने तय भएको छ । उक्त कार्यक्रम कतारको स्थानीय समयअनुसार दिउँसो ३ देखि ६ बजेसम्म हुनेछ ।

      दुई वटा पूर्व निर्धारित औपचारिक कार्यक्रमपछि पनि कसैले वास्तुसम्बन्धी पुनः थप जानकारी लिन चाहेमा गर्गाचार्यले सेवा प्रदान गर्ने जानकारी दिएका छन् ।

      दुवै कार्यक्रम आयोजनक संस्थाको विशेष निमन्त्रणमा हुन लागेको गर्गाचार्यले बताए ।

      निमन्त्रण स्विकार गरेर कतार आउन लागेकोमा आयोजक संस्थाले धन्यवाद ज्ञापनसमेत गरेको छ ।

      यसअघि गर्गाचार्यले फिनल्याण्ड र भारतको सिक्किमा पनि विशिष्ट व्यक्तिहरुको सहभागितामा वास्तुज्ञान सम्बन्धी विशेष कार्यक्रम र परामर्श गरेका थिए ।

      वास्तु परामर्शका लागि आफू ति ठाउँमा पुगेको गर्गाचार्यले बताए ।

      अब कतारको कार्यक्रम सकेपछि अष्ट्रेलिया लगायत ५ वटा देशमा गर्गाचार्यको कार्यक्रम तय भइसकेको छ ।

      गर्गाचार्यले वास्तु विज्ञान क्षेत्रमा विज्ञको हैसियतले काम गरेको १२ वर्ष भइसकेको छ । त्यसैले पछिल्लो समय उनको माग विश्वभर भइरहेको छ ।

      “अहिलेसम्म मैले जे जति काम गरेँ, त्यसबाट देश तथा विदेशका नेपाली तथा विदेशी नागरिक सन्तुष्ट भएको महसुश गरेको छु । त्यसैले नेपालमा मात्र नभै अन्य विभिन्न देशमा पनि माग बढिरहेको छ । यसले मैले दिएको वास्तु ज्ञान र परामर्श सफल भएको महसुश गरेको छु ।” उनले भने ।

      ’घर बनाएपछि कोठा मात्र मिलाएर हुँदैन । वास्तुअनुसार कोठा मिलाएर मात्रै नभै घरमा भएको उर्जा व्यवस्थापन गर्नु महत्वपूर्ण पक्ष हो । घरको उर्जा व्यवस्थापनको पक्षलाई जोड दिएर काम गर्छौँ । परामर्श दिन्छौँ । यसमा वास्तु म्यापिङ अर्को महत्वपूर्ण पक्ष हो ।’ उनले बताए ।

      गर्गाचार्यले कान्तिपुर टेलिभिजनमा दैनिक रुपमा वास्तुमन्थन कार्यक्रम प्रशारण गर्दै आएका छन् । यसका साथै उनले वास्तु, पंचाङ्ग, साइत लगायतका विषय समेटेर पात्रो (VAASTU) नमको एप्स ल्याएका छन् ।

      उक्त एप्समा जुठो सुतक निर्णय, थर गोत्र विवरण, नेपाली क्यालेण्डर, साइत र मुहूर्त लगायत बहुउपयोगि थुप्रै जानकारी समेटिएको छ । जुन गुगल प्लेस्टोरबाट डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ ।

        सम्बन्धित समाचारहरु