काठमाडौं, कैलाश मानसरोबर तिर्थयात्रामा गएका १५ सय बढी भारतीय तिर्थयात्रीहरु अत्यधिक वर्षाका कारण अलपत्र परेका छन् ।
नेपालस्थित भारतीय दुतावासको आँकडा अनुसार ५ सय २५ तिर्थयात्री हुम्लाको सिमिकोटमा,५ सय ५० हिल्सामा र ५ सय तिब्बतमा अलपत्र परेकाम हुन् । भारतीय दुतावासले लगातार नेपालगञ्ज, सिमिकोट र हिल्साबाट सो अवस्थाको बारेमा जानकारी लिइरहेका छन् । मंगलवार विहान मौसम अनुकुल नभएका कारण उडानको सम्भावना सुन्य रहेको थियो ।
नेपालमा मेडिकल र नागरिक सुविधा पर्याप्त नभएको भन्दै दुतावासले टुरअपरेटरहरुलाई सकेसम्म तिब्बत तर्फ नै राक्न आग्रह गरेका छन् । साथै मिसनले नेपाली सेनालाई हेलीकप्टर दिनका लागि आग्रह समेत गरेको छ । सो हेलिकप्टरले कठिन स्थितिमा समेत काम गर्दछ । त्यसैगरी भारतीय परराष्ट्र मन्त्रि सुस्मा स्वराजले ट्वीट मार्फत नेपालमा भारतीय दुतावासले पालगञ्ज र सिमिकोटमा प्रतिनिधि खटाएको जानकारी दिईन् । तिर्थयात्रीहरुलाई भोजन र आवास उपलव्ध गराईएको छ ।
साथै सिमिकोटमा बृेद्ध तिर्थयात्रीहरुको स्वास्थ्य जाँचको व्यवस्था पनि गरीएको छ ।









