काठमाडौं, ईस्लाम धर्मालम्विहरुको महत्वपूर्ण पर्ब मानीने “रामाजान” को व्रत शुक्रवारबाट सुरु भएको छ ।
अरवी पात्रो हिजारीको मिति अनुसार नवौ महिना रमाजानमा एक मनिा भर पवित्र रोजा व्रत बस्ने चलन मुस्लिम समुदायमा रहेको छ । यो पर्वमा घाम झुल्के देखी अस्ताउन्जेल सम्म केही जनि नखाई वस्नु पर्ने हुन्छ ।
राष्ट्रिय मुस्लिम आयोगका अनुसार यो धर्म मान्नेहरुले चन्द्रमा नदेखिए सम्म रोजा व्रत तोड्न नमिल्ने भएकोले घाम झुल्किनु अगावै विहानको खाना खाने र साँझ घाम अस्ताएपछि फलाहार गर्ने गर्दछ ।
विपन्न वा धनी सवै धर्मालम्विहरुले रोजा बस्ने र पवित्र ग्रन्थ “नमाज” वाचन गर्ने गर्दछन् । ईस्लाम धर्ममा पाँच आधार–स्तम्भलाई महत्वपूर्ण मान्ने चलन छ । जसमा नमाज पढ्ने,रोजा वस्ने, हज,जकात र कल्मा पर्दछ ।
सम्पन्न मानीसहरुले आफ्नो वार्षिक आम्दानीको २ दशमलव ५ प्रतिशत गरीब तथा असहाय मानीसलाई दान गर्ने प्रचलनलाई जकात भनेर भनिन्छ भने स्लाम धर्मका सस्थापक पैगम्बर मोहम्मद र उनको उपदेशलाई कल्मा भनेर परिभाषित गरीन्छ । ईस्लाम धर्मालम्विहरुले रमाजान सकिएको एक महिना पछि “ईद” पर्व मनाउछन् ।








