वैशाख ६,२०८३ / ०९ : ०६ अपरान्ह / 2026-04-19 09:06 pm
      • param ad
      • furniture
      • veera Incorporation

      बलिप्रथा, लैंगिक विभेद र बोक्सी आरोपविरुद्ध धार्मिक अगुवा

      - ८ वर्ष अगाडि
      चैत १०,२०७४

      गुलरिया, बर्दिया,  महिला हिंसाविरुद्धको राष्ट्रिय सञ्जालअन्तर्गत अन्तर धार्मिक अगुवाको जिल्लास्तरीय समिति  देवेन्द्रराज सिग्देलको अध्यक्षतामा गठन भएको छ ।

      सदरमुकाम गुलरियामा शुक्रबार त्यसअघि आयोजित धार्मिक अगुवाको छलफल कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले बालविवाह, बलिप्रथा, घुङटो र  दाइजोप्रथा, लैंगिक विभेद, बोक्सी आरोपलगायत कुरीतिलाई हटाउनुपर्नेमा जोड दिनुभयो । बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले धार्मिक नीतिनियम समयअनुरुप परिवर्तन हुनुपर्ने तथा समाजिक एर्व धार्मिक अगुवाले महिला हिंसाविरुद्धका नीति प्रदेश र गाउँस्तरमा बनाउनुपर्ने औँल्याउनुभयो ।

      महिला हिंसाविरुद्धको अन्तर धार्मिक राष्ट्रिय सञ्जालका सचिव हर्ष थापा, हिन्दू धर्मका गुरु धर्मेन्द शर्मा, मुसलमान अगुवा मो अतिक अहमद र  बडघरका छङ्गला थारुले हिन्दू, बुद्ध, मुसलमान र इसाइ सम्पूर्ण धार्मिक गुरुलाई महिला हिंसाविरुद्ध अभियान चलाउन अनुरोध गर्नुभयो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d