वैशाख ६,२०८३ / ०८ : ५७ अपरान्ह / 2026-04-19 08:57 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मिथिलाको पन्ध्र दिने धार्मिक यात्रा समापन

      - ८ वर्ष अगाडि
      फागुन १४,२०७४

      मिथिला परिक्रमा अर्थात १५ दिने धार्मिक यात्रा आज शुक्रबार बिहान जनकपुर नगरको परिक्रमा गरी सम्पन्न भएको छ ।  जनकपुरको सेरोफेरोमा घुमिने यस मध्यमा धार्मिक यात्रा सम्भवतः संसारकै सबैभन्दा लामो धार्मिक यात्रा हो । परिक्रमाका सहभागीले नेपालमा १०५ किमी तथा भारतको २८ किमी गरी कुल १३३ किलोमिटरको यात्रा गरेर धार्मिक यात्रा सम्पन्न गरेका हुन् । 

      फागुन ३ गते धनुषाको कचुरीस्थित मिथिला बिहारी मठबाट प्रस्थान गरेका धार्मिक यात्राका श्रद्धालु १५ दिनपछि शुक्रबार जनकपुरधामको वरिपरी पाँच कोस घुमेर सम्पन्न भएको छ । यसलाई अन्तःगृह परिक्रमा भनिन्छ । 

      प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा स्थापना गरिएको चार शिवालय कलानेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णवले बताए । 

      फागुन आमावस्यको दिन कचुरीको मिथिला बिहारी मठबाट सुरु भएको मध्यमा परिक्रमा भारतको कलानेश्वर, फुलहर हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडई, धु्रवकुण्ड, कंचनवन तथा धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही औरसाहा तथा पुनः भारतको करुणा, विसौल एवं कलानेश्वर हुँदै फागु पूर्णिमाको पूर्वसन्ध्यामा पुनः जनकपुर फर्किएर सम्पन्न हुने गर्दछ । 

      तिथिसम्बन्धी विवादका कारण यस वर्ष बिहीबार र शुक्रबार गरी दुई दिन पूर्णिमा मानिएको छ । मिथिला महात्म्यमा वर्णन भएअनुसार मिथिलाको परिक्रमा गर्दा मनवाञ्छित फल प्राप्त हुन्छ । महात्म्यमा मिथिलाको परिक्रमा गरेर अनेकौ ऋषि मुनिले मोक्ष प्राप्त गरेको, ज्ञान आर्जन गरेको तथा असाध्य रोगबाट मुक्ति पाएको उल्लेख छ

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d