जेष्ठ १,२०८३ / ०३ : ५१ पूर्वान्ह / 2026-05-15 03:51 am
      • param ad
      • furniture
      • veera Incorporation

      आज काग तिहार, कागलाई मीठोे खान दिएर मनाइँदै

      - ३ हप्ता अगाडि
      कार्तिक २,२०८२

      काठमाडौ, नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइन्छ । पाँच दिनसम्म मनाइने यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । 

      यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पुजा गरिन्छ । तिहारको पहिलो दिन काग तिहार यमराजको दूतका रुपमा आज कागलाई मीठो–मीठो चीजबीज खान दिएर कागको पूजा गरिन्छ । यो दिन काग तिहारका रूपमा प्रचलित छ । 

      आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झना गर्दै कागलाई सन्देशवाहक पंक्षीका रूपमा विभिन्न परिकार तथा मिठाइ राखिदिएर बोलाउने गरिन्छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भन्दै कागलाई यमदूतका रूपमा मान्ने गरिन्छ । 

      लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलन समेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । आजका दिनदेखी यमदीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मकि वश्विास छ ।

      यमदीप दक्षणि फर्काएर गर्नुपर्ने धार्मकि विधी छ । तिहारमा काग, कुकुर, गाई, गोवर्द्धन, दाजुभाइ र ददिीबहनिीका अतरिक्ति बली राजालाई पनी मीठा खाना खान दिने र पूजा गर्ने धार्मकि विधी छ । यमराजलाई प्रसन्न बनाउन घरमा परविार सङ्ख्यानुसार साँझमा यमदीप दान गरन्छि ।

        सम्बन्धित समाचारहरु