असार ११,२०८२ / ०२ : ११ पूर्वान्ह / 2025-06-25 02:11 am
      • param ad
      • furniture
      • veera Incorporation

      आज रामनवमी : भक्तिपूर्वक रामको पूजा गरिँदै, देशभर सार्वजनिक बिदा

      - २ हप्ता अगाडि
      चैत २३,२०८१

      काठमाडौं, हरेक वर्ष चैत शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा मनाइने रामनवमी पर्व आज श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी मनाइएको छ । मर्यादा पुरुषोत्तम भगवान रामको जन्मदिनको स्मरणमा देशभर रामनवमी मनाइएको हो ।

      रामनवमीको अवसरमा बिहानैदेखि राम मन्दिर,जानकी मन्दिर,जनक मन्दिरलगायत मन्दिरमा पूजाआराधना गर्ने श्रद्धालु भक्तजनको भीड लागेको छ । त्रेता युगमा आजकै दिन अयोध्यामा मर्यादा पुरुष भग्वान रामको जन्म भएको पौराणिक ग्रन्थहरुमा उल्लेख छ ।

       आजको दिन रामको स्मृतिमा हिन्दुधर्मावलम्बीहरूले पवित्र नदी, ताल तथा कुण्डहरुमा स्नान ध्यान एवं ब्रत बस्ने गर्दछन् । भगवान विष्णु सातौं अवतारको रुपमा अयोध्याका राजा दशरथको जेष्ठ पुत्रको रुपमा जन्म लिएका रामको विवाह मिथिलाका राजा जनककी सुपुत्री सीतासँग भएको थियो । 

      संसारबाट पापी तथा दुष्ट राक्षसहरुको नाश तथा आफ्नो पिता दशरथको कठोर आज्ञाको सहजतापूर्वक पालन गरी मानव जातिलाई सत्यको मार्गमा हिँड्न प्रेरणा दिएको रामायणमा उल्लेख छ । रामको सम्झनमा रामनवमी पर्व मनाइँदै आएको धामिर्क ग्रन्थहरुमा उल्लेख छ । रामनवमीको अवसरमा सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d