फागुन १,२०८१ / ०८ : ०९ पूर्वान्ह / 2025-02-13 08:09 am
      • param ad
      • furniture
      • veera Incorporation

      आज माघे संक्रान्ति पर्व विभिन्न कार्यक्रम गरी मनाईदै

      - ३ हप्ता अगाडि
      माघ १,२०८१

      प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ ।

       सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । सो अवसरमा आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलले माघी पर्वको शुभकामना व्यक्त गरेका छन् । शीतल निवासमा आज माघे संक्रान्तिको अवसरमा खाइने घ्यू,चाकु, तरुलको भोजको समेत आयोजना गरिएको छ । कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख तथा मन्त्रीहरू लगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको छ । यस्तै थारु समुदायले मनाउने माघी तथा अन्य समुदायले माघ १ गते माघे सङ्क्रान्ति मनाउने चलन छ । 

      यस अवसरमा आज काठमाडौँको टुँडिखेलमा थारु तथा मगर समुदायले भिन्नाभिन्नै कार्यक्रम राखेका छन् । शास्त्रका अनुसार माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिन भन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, पशुपती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । तराईवासीले माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । 

      बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । माघे संक्रान्तिको दिन घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुल लगायतका परिकार खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d