फागुन १,२०८१ / ०७ : ३९ पूर्वान्ह / 2025-02-13 07:39 am
      • param ad
      • furniture
      • veera Incorporation

      आजदेखि स्वस्थानी व्रत कथा सुरु

      - ३ हप्ता अगाडि
      पौष २९,२०८१

      काठमाडौं । आज पौष शुक्ल पूर्णिमाको दिन अर्थात श्री स्वस्थानी व्रत कथा प्रारम्भ भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने ब्रत माघ शुक्ल पूर्णिमासम्म गरी एक महिनासम्म रहन्छ ।

      बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । साँझ स्कन्दपूराणको केदारखण्डअन्तर्गत माघ महात्म्यको कुमार र अगत्स्यबीच संवाद भएको स्वस्थानी व्रत कथा घर घरमा सुन्ने र सुनाउने गरिन्छ । 

      एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १ सय ७ जनै, १ सय ८ सुपारी, १ सय ८पान, १ सय ८ फूल, १ सय ८ रोटी र १ सय ८ अक्षता विभिन्न थरिका फलफूल धुप बत्ती आादि चढाइ व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ ।

      सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाउँ भनी विष्णुको निर्देशनअनुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ ।

      स्वस्थानी व्रत सुरु भएको दिन आजदेखि साँखुको शालीनदीमा मेलासमेत लाग्ने गर्दछ । शालीनदीको पानीले नुहाएमा विभिन्न रोग नष्ट हुने, रोग लागेकाको रोग निको हुने र शारीरिक तथा मानसिकरूपमा स्वस्थ रहने धार्मिक आस्था र विश्वास रहिआएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d