यस बर्षको विजया दशमीको शुभ साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटका लागि उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान ८ बजे ३३ मिनेटमा देवी विर्सजनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिएका छन् । यसपालीको विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने उनले बताएका छन् । यस वर्षको नवरात्र अर्थात् दसैं यही असोज १७ गते बिहीबारदेखि सुरु हुँदैछ । त्यस दिन बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको समितिले जनाएको छ । साथै असोज १८ गते शुक्रबार ९ बजेर १४ मिनेटमा झण्डा फेर्ने असोज २२ गते मङ्गलबार पचलीभैरव यात्रा, असोज २४ गते बिहीबार फूलपाती र श्री तुलजाभवानी यात्रा विहान ७ बजेर ११ मिनेटमा र स्थिरासन बिहान ८ बजेर ४३ मिनेटमा साइत रहेको समितिले जनाएको छ । त्यसैगरी असोज ३० गते बुधबार अखिलबलीपूर्ति गर्नुपर्ने समिति सदस्य एवं धर्मशास्त्र विद् प्राडा देवमणी भट्टराईले बताएका छन् । यसै दिन कोजाग्रत पूर्णिमा मनाएसँगै यस वर्षको दसैं समापन हुनेछ ।
दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ : ३६ बजे
चिनारी पोस्ट - ४ महिना अगाडि
असोज ५,२०८१
सम्बन्धित समाचारहरु
आज माघे संक्रान्ति पर्व विभिन्न कार्यक्रम गरी मनाईदै
प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज देशभर स्नान, ...
प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज देशभर स्नान, ...
आजदेखि स्वस्थानी व्रत कथा सुरु
आज पौष शुक्ल पूर्णिमाको दिन अर्थात श्री स्वस्थानी व्रत कथा प्रारम्भ भएको छ । ...
आज पौष शुक्ल पूर्णिमाको दिन अर्थात श्री स्वस्थानी व्रत कथा प्रारम्भ भएको छ । ...
आज तमु ल्होसार मनाइँदै
गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होसार मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ...
गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होसार मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ...
आज येशु ख्रीष्ट जन्मिएको दिन : ‘क्रिसमस डे’ मनाइँदै
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज (डसेम्बर २५) यस समुदायका मानिसले क्रिसमस ...
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज (डसेम्बर २५) यस समुदायका मानिसले क्रिसमस ...
आज धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र उधौली पर्व
आज धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र उधौली पर्व मनाइँदैछ । ...
आज धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र उधौली पर्व मनाइँदैछ । ...
विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै
जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै छ । ...
जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै छ । ...
जनकपुरमा आजबाट विवाहपञ्चमी महोत्सव सुरु
आजदेखि विधिवत रुपमा जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सवसुरु भएको छ । सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन ...
आजदेखि विधिवत रुपमा जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सवसुरु भएको छ । सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन ...
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई ‘सँझिया अर्घ्य’ दिइँदै
छठ पर्वको तेस्रो तथा मुख्य दिन आज बिहिबार साँझ श्रद्धालुहरूले अस्ताउँदो सूर्यलाई सँझिया अर्घ्य दिँदैे ...
छठ पर्वको तेस्रो तथा मुख्य दिन आज बिहिबार साँझ श्रद्धालुहरूले अस्ताउँदो सूर्यलाई सँझिया अर्घ्य दिँदैे ...
तिहार अर्थात् यमपञ्चक सुरु, आज धनतेरस यस्तो छ यसको महत्व ?
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि ...
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि ...
आज दशैँको छैटौँ दिन, ‘बेलनौत’ विधि गरिँदै
दशैँको छैटौँ दिन अर्थात् षष्ठी तिथिका दिन आज मधेशको प्राचीन मिथिलामा ‘बेलनौत’ विधि सम्पन्न गरिँदैछ ...
दशैँको छैटौँ दिन अर्थात् षष्ठी तिथिका दिन आज मधेशको प्राचीन मिथिलामा ‘बेलनौत’ विधि सम्पन्न गरिँदैछ ...