असोज २८,२०८१ / ०८ : १४ पूर्वान्ह / 2024-10-14 08:14 am
      • param ad
      • furniture
      • veera Incorporation

      आजबाट सोह्रश्राद्ध सुरु

      - ३ हप्ता अगाडि
      असोज २,२०८१

      काठमाण्डौं - आजदेखि सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । १६ दिनसम्म पितृप्रतिको सम्मान प्रकट गरिने भएकाले यस अवधिलाई पितृ पक्ष पनि भनिन्छ ।

      आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।

      चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धाभक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

      श्राद्ध पक्षका १६ दिनमा भाद्रशुक्ल  पूर्णिमाको दिन पूर्णिमा तिथिको श्राद्ध गरिन्छ ।  यसपछि आश्विन कृष्ण पक्षका १५ दिन क्रमशः प्रतिपदादेखि अमावस्या (औंसी)सम्म तिथिअनुसार श्राद्ध गरिन्छ । अन्तिम दिन सर्वपितृमोक्ष अमावस्या पर्छ ।

      पितृहरूलाई प्रसन्न पार्न तथा जानेर वा नजानेर हामीबाट पितृहरूको अनादर भएको छ भने उनीहरूप्रति कृतज्ञता व्यक्त गर्ने तथा उनीहरूसँग क्षमा माग्ने पर्व श्राद्ध पक्ष हो । श्राद्ध पक्षमा प्रत्येक तिथिका दिन मानिसहरू आफ्ना पूर्वजहरूको मृत्यु तिथिअनुसार श्राद्ध गर्छन् ।

      जसलाई  पूर्वजको मृत्यु तिथि थाहा हुँदैन उनीहरूले सर्वपितृ अमावस्याका दिन श्राद्ध गर्छन् ।

        सम्बन्धित समाचारहरु