असोज २८,२०८१ / ०७ : ४३ पूर्वान्ह / 2024-10-14 07:43 am
      • param ad
      • furniture
      • veera Incorporation

      तीनदिने गणेश महोत्सव आज समापन गरिँदै

      - १ महिना अगाडि
      भाद्र २४,२०८१

      काठमाडौँ - श्री गणेश युवा समिति काठमाडौँद्वारा आयोजित तीनदिने गणेश महोत्सव आज विशेष पूजा आराधनासहित समापन हुँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीको दिन वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरूले गणेश चौथीका रूपमा विशेष पूजाआर्चना गर्ने परम्परा छ ।

      समितिले बत्तीसपुतलीमा गणेशका मूर्तिहरू स्थापना गरेर शनिबारदेखि तीन दिनसम्म विशेष पूजाआराधनासहित महोत्सव मनाएको अध्यक्ष मुकेश साहले जानकारी दिए । महोत्सवको बेला भक्तजनको ठूलो घुइँचो लागेको थियो । गणेशलाई लड्डु (मोदक) चढाएर मनोकामना पूरा हुने विश्वास अनुसार अधिकांश भक्तजन लड्डु लिएर महोत्सवमा उपस्थित भएका थिए ।

      हिन्दू धर्मसंस्कार अनुसार कुनै पनि धार्मिक कार्यको आरम्भ गर्दा विघ्नवाधा नहोस् भनेर गणेशको पूजा गरिन्छ । तीन दिनको महोत्सवमा भक्तजनहरूले दिनभर नाचगान र व्रत बसेर गणेशको पूजा गरेका छन् । गणेशको आराधना र स्मरण धार्मिक कार्यको सफलताका लागि महत्वपूर्ण मानिन्छ ।

      आज साँझ, वैदिक विधि अनुसार स्थापना गरिएको गणेशको मूर्तिलाई गौरीघाट नजिक बागमती नदीमा विसर्जन गरिनेछ । मूर्ति विसर्जनका बेला भक्तजनले ठूलो लस्कर निकाल्ने तयारी गरेका छन् । 

        सम्बन्धित समाचारहरु