भाद्र २३,२०८१ / ०८ : ४२ पूर्वान्ह / 2024-09-08 08:42 am
      • param ad
      • furniture
      • veera Incorporation

      आज तीजको दर खाने दिन

      - २ दिन अगाडि
      भाद्र २०,२०८१

      काठमार्डौं, यसवर्षको तीज आजदेखि शुरु भएको छ । तीजको पूर्वसन्ध्या अर्थात् दर खाने दिनमा परम्परागत रूपमा माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने चलन छ । आजको दिन विशेष गरी दूधबाट बनेका परिकार जस्तै खिर, ढकनी, गुँदपाक र मिठाइहरू खाइन्छ । यसलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ ।

      दर खाने समय स्थान अनुसार फरक–फरक रहन्छ । कतिपय ठाउँमा साँझमा अरु खाना नखाई राति दर खाने गरिन्छ भने कतिपय स्थानमा पहिले खाना खाएर मध्यरातमा दर खाने चलन छ । दरमा सात्विक पदार्थहरू मात्र समावेश गर्नुपर्ने मान्यता छ, जसले व्रतका दिन आडिलो बनाउन मद्दत गर्छ ।

      स्वास्थ्यका दृष्टिले धेरै चिल्लो, पीरो, गुलियो र मसलेदार परिकार सेवन गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । यस कारणले गर्दा पोषणविद्को सुझाव अनुसार दरका परिकारहरूमा सन्तुलन राख्न महत्त्वपूर्ण छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d