भाद्र २३,२०८१ / ०८ : १२ पूर्वान्ह / 2024-09-08 08:12 am
      • param ad
      • furniture
      • veera Incorporation

      आज श्रीकृष्ण जन्माष्टमी, भक्तिपूर्वक पूजा–आराधना गरी मनाइँदै

      - एक हप्ता अगाडि
      भाद्र १०,२०८१

      आज श्रीकृष्ण जन्माष्टमी वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । श्रीकृष्ण जन्माष्टमी हिन्दू धर्मको एक महत्वपूर्ण पर्व हो, जसलाई नेपालमा विशेष श्रद्धासाथ मनाइन्छ । यो पर्व भगवान श्रीकृष्णको जन्मोत्सवको रूपमा मनाइन्छ । कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजैका दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । श्रीकृष्ण जन्माष्टमीका दिन विशेषतया कृष्ण जन्मभूमि मथुरामा भगवान श्रीकृष्णको जन्म भएको दिनको सम्झनामा विविध धार्मिक र सांस्कृतिक गतिविधिहरू गरिन्छ । यो पर्व भाद्रपद महिनाको अष्टमी तिथिमा पर्छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन कीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृतिस्वरुप आजको दिन यो पर्व मनाउने गरिएको हो ।विष्णुको अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको धार्मिक विश्वास छ । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ । यस पर्वको मुख्य उद्देश्य भगवान श्रीकृष्णका लीलाहरूको स्मरण गर्नु र उहाँको शिक्षाहरूलाई अपनाउनु हो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d