असोज २८,२०८१ / ०८ : ०२ पूर्वान्ह / 2024-10-14 08:02 am
      • param ad
      • furniture
      • veera Incorporation

      विराटनगरमा आज रथयात्रा, ५ लाख सहभागी बन्ने अनुमान

      - १ वर्ष अगाडि
      भाद्र २१,२०८०

      विराटनगर, प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने धार्मिक राधाकृष्ण रथ यात्रा बिहिबार अपरान्ह सुरु हुनेभएको छ ।

      ५५ औं संस्करण रथयात्राको विषेश पूजाअर्चाना गरेपछि विराटनगरमको तिनपैनीस्थित राधाकृष्ण मन्दिरबाट रथ यात्रा सुरु गरीने मूल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले बताए ।

      विराटनगरमा प्रत्येक वर्ष श्री कृष्ण जन्माष्टमीको भोलिपल्ट युगल जोडी राधाकृष्ण राखेर निकालिने रथयात्राको अवलोकन गर्न नेपाल भारत लगायतका सयौँ भक्तजन विराटनगर आउने गर्दछन् ।

      आयोजक समितिका अनुसार यसपटक विराटनगरकोराधाकृष्ण मन्दिर तिनपैनीबाट सुरु हुने रथयात्रा ट्राफिक चोक–रोडशेष चोक–बसपार्क–महेन्द्र चोक–भृकुटी चोक– बरगाछी चोक, दुर्गा चोक हुँदै राधाकृष्ण मन्दिरमै आएर समापन हुनेछ ।

      वि.स. १९८८ मा खटयात्राबाट सुरु भएर २०२४ सालदेखि रथयात्रामा परिणत भएको यो धार्मिक उत्सवमा यसपटक नेपाल र भारतबाट श्रद्धालुहरुसहित विभिन्न नगरका मेयरहरु पनि सहभागी बन्दैछन् । आकर्षक रुपमा सजिएको रथमा राधाकृष्ण युगल जोडीलाई रथारोहण गराएर नगर परिक्रमा गराइन्छ । हिन्दू धर्मावलम्बीहरुले विशेष रुपमा मनाउने र उल्लास प्रकट गर्ने विराटनगरको रथयात्रामा अन्य धर्मावलम्बीहरुको पनि उत्तिकै सहभागिता हुने गरेको छ ।

      अत्यधिक जनसहभागिता हुने रथयात्रालाई लक्षित गरेर विराटनगरका विभिन्न स्थानमा खानेपानीको प्रबन्ध भएको छ भने सुरक्षा व्यवस्था पनि कडा तुल्याइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले रथयात्राका लागि पाँच हजार प्रहरी परिचालित हुने जनाएको छ ।

      मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जन दाहालका अनुसार पाँच हजार सुरक्षाकर्मीले रथयात्रालाई सुरक्षा प्रदान गर्नेछन् । प्रहरीले पनि रथयात्रामा पाँच लाख भक्तजन सहभागी हुने अनुमान गरेको छ ।

      साथै रथयात्रको रुटमा सीसी क्यामेरा जडान गरिएको प्रहरीले जनाएको छ । कोशी प्रदेश सरकारले रथयात्राको दिन  सार्वजनिक विदासमेत दिएको छ ।

        सम्बन्धित समाचारहरु