जेष्ठ ३१,२०८१ / ०७ : २४ पूर्वान्ह / 2024-06-13 07:24 am
      • param ad
      • furniture
      • veera Incorporation

      जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा बिहीवार नै मनाउनुपर्ने (विज्ञप्ति सहित)

      - एक हप्ता अगाडि
      भाद्र १३,२०८०

      काठमाण्डौ, रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते अर्थात बिहीवार एकै दिन मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

      पञ्चाङ्ग निर्णायक विकास समितिले निकालेको विज्ञप्ति अनुसार यस वर्ष तिथिको घटबढका कारण दुई दिन पर्ने पर्व एकै दिन परेको समितिले जनाएको हो । 

      भोलि बिहीवार सूर्य उदयकालमा पूर्णिमा रहेका कारण यसैदिन जनैपूर्णिमा र रक्षाबन्धन मनाउन समितिले आग्रह गरेको हो ।

      नेवार समुदायमा मनाइने गाईजात्रा पर्वका लागि केही पालिकाले आज जनैपूर्णिमा र भोलि बिहिवार गाईजात्रा अर्थात् सापारु पर्व मनाउने निर्णय गरेका छन् ।

      तर यसपालि तिथि घटबढका कारण जनैपूर्णिमा र गाईजात्रा बिहीवार एकैदिन परेको समितिले विज्ञप्ति निकालेर जनाएको छ ।

      /pagegallery/2023083054.jpg

        सम्बन्धित समाचारहरु