माघ १९,२०७९ / ०७ : ३२ अपरान्ह / 2023-02-02 07:32 pm

        आज मंसिर १९ गते सोमबार भगवान शिवको दर्शन गर्दै हेर्नुहोस् राशिफल

        - ३ हप्ता अगाडि
        मंसिर १९,२०७९

        मेषः समग्रमा आजको दिन राम्रो छ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ।

        वृषः राजनीतिमा फाइदा भए पनि प्रेममा धोका पाइने छ। बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। आजको दिन राम्रो अलिकति सर्तक रहनुहोला र्वष राशि हुनेले ।

        मिथुनः रोगले सताउने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। दाम्पत्य जीवन सामान्य देखिन्छ।

        कर्कटः आजको दिन राम्रो छ। उन्नति प्रगति हुने देखिन्छ। अपरिचितबाट राम्रो साथ मिल्नेछ।

        सिंहः अधुरा काम बन्नेछन्। प्रेममा सफलता मिल्नेछ। स्वदेशी भन्दा विदेशी लगानीबाट फाइदा हुनेछ। समग्रमा आजको दिन राम्रो छ।

        कन्या : दिन निक्कै राम्रो छ। अधुरा काम बन्नेछन्। आफ्नै काममा सफलता मिल्नेछ। पारिवारिक सहयोग मिल्नेछ।

        तुलाः दिन राम्रो छ। रोगले सताउने देखिन्छ। विद्याको क्षेत्र तपाईंलाई फाइदा हुनेछ। प्रेम बढ्नेछ।

        वृश्चिकः अधुरा काम बन्नेछन्। राजनीतिक संगठनबाट राम्रो सहयोग मिल्ने देखिन्छ। गणेश भगवानलाई सम्झिएर काम गरे सफलता मिल्नेछ।

        धनुः दिन सामान्य छ। बोलीमा मिठास मिल्नेछ। स्वास्थ्यमा समस्या देखिनसक्छ। सोचेकका काममा बाधा व्यावधान हुने देखिन्छ।

        मकरः दिन सामान्य राम्रो छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। आजको दिन सामान्य छ। 

        कुम्भः दिन सामान्य छ। खर्च हुने देखिन्छ। रोग बढ्नसक्छ। घाटा हुँदा धेरै ठूलो हुने भएकाले सचेत भएर काम गर्नुहोला।

        मीनः अधुरा काम बन्नेछन्। गणेश भगवानको सम्झना गर्दा फाइदा हुनेछ। आजको दिन राम्रो छ। 

          सम्बन्धित समाचारहरु

              • ताजा खबर
              • धेरैले पढेको