माघ १९,२०७९ / ०९ : ३७ अपरान्ह / 2023-02-02 09:37 pm

        आज मंसिर १६ गते शुक्रबार यस्तो छ तपाईको राशिफल :

        - १४ घण्टा अगाडि
        मंसिर १६,२०७९

        मेष : आज २०७९ साल मंसिर १६ गते शुक्रबार मेष राशिको राजनीति, सामाजिक, व्यापारिक, वैदेशिक जस्ता क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा धेरै राम्रो नतिजा मिल्ने योग रहेको छ। आम्दानी बढ्नेछ। समग्र आजको दिन सामान्य राम्रो छ। 

        वृष :  वृष राशि हुनेको व्यापार व्यवसायमा धेरै राम्रो नतिजा मिल्नेछ । बोल्दा ख्याल गर्नुहोला। शत्रु बढ्नेछन्। अरु सबै क्षेत्र यथावत छन्।समग्रमा हेर्दा आजको दिन राम्रो छ। 

        मिथुन : आजको दिन मिथुन राशि हुनेहरुको दिन सामान्य राम्रो छ। राजनीति, सामाजिक, आर्थिक क्षेत्र सामान्य रहेपनि शिक्षाको क्षेत्र धेरै राम्रो छ। मानसम्मान पाउने योग रहेको छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। आफ्नो प्रभाव बढ्नेछ।

        कर्कट : कर्कट राशि हुनेहरुको धार्मिक क्षेत्रमा मन जानेछ। भगवान रामको सम्झना गरेर सुरु गरेको काममा सफलता मिल्नेछ। मानसम्मान बढ्नेछ। रोग बढ्ने भएकाले सचेत हुनुपर्नेछ। समग्रमा आजको दिन सामान्य रहेको छ । 

        सिंह : राजनीति, सामाजिक, धार्मिक क्षेत्र यथावत रहेपनि वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीले राम्रो प्रतिफल मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहला।आम्दानी पनि बढ्ने दिन रहेको छ। पठनपाठनमा भने आलश्य बढ्नेछ। आज सिंह राशि हुनेहरुको सामाजिक क्षेत्रमा मानसम्मान पाउने योग रहेको छ।

        कन्या :  कन्या राशि हुनेको लागि पठनपाठनमा रुची बढ्नेछ। प्रेममा सफलता मिल्नेछ। आत्मबल बढ्नेछ। आफ्नो प्रभावले गर्दा कुरा काट्नेहरु निस्तेज हुनेछन्। समग्रमा आजको  दिन ठिकै रहने छ।

        तुला : आर्थिक, सामाजिक, राजनीतिको क्षेत्र सबल छ। पठनपाठनमा रुची बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीले राम्रो नतिजा मिल्नेछ। तुला राशि भएकाले पारिवारिक सम्बन्धमा केही समस्या देखिने हुँदा सावधान अपनाउनु होला । धार्मिक क्षेत्रमा मन जानेछ।

        वृश्चिक : आजको दिन वृश्चिक राशि हुनेहरुले अरुसंग व्यवहार गर्दा र बोल्दा सावधान अपनाउनु होला र दैनिकी चलाउनेभन्दा अरु केही पनि नसोच्नुहोला ।

        धनु : शिक्षाको क्षेत्रमा भने आलस्य बढ्नेछ। व्यापार व्यवसायमा निकै राम्रो नतिजा आउनेछ। रोगबाट छुटकारा मिल्नेछ। प्रेममा धोका पाइनेछ। आफूले गरेका कामबाट सन्तोष मिल्नेछ। राजनीति, आर्थिक, सामाजिक क्षेत्रमा अब्बल ठहरिनुहुनेछ।

        मकर : मकर राशिका मानिसले बोलीको प्रभावले ठूलो फाइदा हुनेछ। अन्य क्षेत्र यथावत छन्। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। खुसी बढ्नेछ। परिवारिक सुख प्राप्त हुनेछ।

        कुम्भ : दिन सामान्य राम्रो छ। बोलीमा मिठास आउनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय नतिजा हात लाग्नेछ। स्वास्थ्यमा समस्या हुनेछ।

        मीन : खुसी बढ्नेछ। वैदेशिक मामिलामा सफलता मिल्नेछ। प्रेममा भने संघर्ष गर्नुपर्नेछ।  आज मीन राशि  हुनेहरुले प्रशंसा पाउने दिन छ।

          सम्बन्धित समाचारहरु

              • ताजा खबर
              • धेरैले पढेको