मंसिर २०,२०७९ / ०१ : २५ अपरान्ह / 2022-12-06 01:25 pm

        आजको राशीफल

        - ३ हप्ता अगाडि
        फागुन २५,२०७८

        मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

        अतिरिक्त धन प्राप्त हुनाले सोख पूरा गर्न सकिने छ । नयाँ जिम्मेबारी प्राप्त हुनुका साथै प्रतीक्षित नतिजाले उत्साह बढाउने समय हो । सुख एवं समृद्धि बढ्नेछ, पार्टनरको इच्छानुसार खर्च हुनसक्ने भएकाले बजेटको चाँजो छ छैन, विचार पुर्याउनु होला । दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ, महत्त्वाकाङ्क्षा राख्नाले निराशा हात लाग्ने दिन हो । 

        बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

        कृषिक्षेत्र, बनबुट्यान, काठपात र औषधी व्यवसायीहरूले खुसी हुने मौका पाउने छन्, नयाँ काममा थप लगानी गर्ने मनस्थिति बन्नसक्छ । एकआपसमा अहङ्कार र एटिच्युडको प्रवेश हुनु राम्रो होइन, आज जीवनसाथीसँग कुनै पनि कुरो नलुकाउनु होला, नत्र भविष्यमा कलहको बीजारोपण हुनसक्छ । 

        मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

        धन वा प्रतिष्ठा प्राप्तिका लागि भरपर्दो समय त देखिंदैन, यद्यपि नयाँ कामको प्रस्ताव आउनसक्छ, तर आज हरेक क्रियाकलापमा खर्चबर्चमा नियन्त्रण गर्ने दिन हो । विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ । बाध्यात्मक काममा सञ्चित धनको उपयोग हुनेछ । छलछाम र हेलचक्र्याइँ नगर्नु होला, पार्टनरलाई सारा गोपनीय कुरा खुलाएमा र विश्वास जित्न सकेमा मात्र प्रेम सफल बन्नेछ । 

        कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

        नातागोताका सदस्यहरूबाट सहायता मिल्नेछ । यस समयमा गरिएका किनमेल र कारोबारहरू सफल हुनेछन् । सरकारी कामका माध्यमबाट धनार्जन गर्न सकिने दिन हो, कुनै प्रतिष्ठान वा कार्यालयको बाँकीबक्यौता उठाउनु छ भने प्रयास गर्नुहोला । 

        सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

        अहिले गरेको मिहिनेतले भविष्य सुध्रने सङ्केत छ, उच्च शिक्षाका छात्रछात्राले भावी कार्यक्षेत्रका बारेमा जानकारी बटुल्ने दिन हो । आफ्नो काममा भन्दा पनि कुल, वंश र घरघरानाका विषयमा चिन्तन गर्न मन लाग्नेछ । भौतिक समुन्नति र व्यक्तित्व विकासको योजना बनाउनु होला । 

        कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

        सिनियर कर्मचारी वा कुनै विशिष्ट मान्छेलाई खुसी तुल्याउने अवसर मिल्नेछ, सानो प्रयासले उद्देश्यको परिपूर्ति हुनेछ । तारिफयोग्य काम गरेर दङ्गपर्ने दिन हो, तर आज चुनौती र सङ्घर्षका माझमा काम निकालेर इज्जत जोगाउन सकिने समय हो । लवमेटका तर्फबाट कुनै सुन्दर उपहार प्राप्त हुनेछ, जुन तपाईंको प्रेमसम्बन्धको दीगो प्रतीक बन्नसक्छ । 

        तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

        धनार्जन गर्न नसकिए पनि दिगो स्रोत जुटाउने समय हो, चुनौतीका बीचमा सम्भावनाका बाटाहरू फेला पर्नेछन् । नयाँ काम गर्नु छ भने कानूनी पाटो ख्याल गरी सुरु गर्नु उचित हुनेछ । वातावरण प्रतिकूल देखिन्छ, तर पनि जीवनसाथी र घरपरिवारसँगै रमाएको जाति हुन्छ । भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु उचित हुनेछ । 

        बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

        कार्यालयमा नौलो कामको जिम्मा लिएर मज्जाले खट्नुपर्ने समय छ, तर आज घरपरिवार र जीवनसाथीको चाहनालाई मनन गरी समय दिनुपर्ने परिस्थिति सिर्जना हुनेछ । लवमेटका साथमा घुम्ने, समय यापन गर्ने वा कुनै समारोहमा एकसाथ सरिक हुने अवसर मिल्नेछ । व्यवहारमा कडापन बढ्नसक्छ । 

        धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

        अर्काका कुरा सुनेर पार्टनरको जीवनचर्या र व्यवहारमा शङ्का नगर्नु होला, नत्र आपसी समन्वय भताभुंग हुने डर हुन्छ । सम्मान र साख प्राप्त गर्न सकिने सुन्दर दिन छ । नोकरी र व्यवसायिक जीवनमा सुधार आउने तथा प्रतिष्ठाप्राप्ति वा पदोन्नतिको सम्भावना देखिन्छ । व्यापार/व्यवसायमा कानुनी वा लगानी सम्बन्धी जटिलता देखा पर्नेछ । 

        मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

        पारिवारिक सुखमा अभिबृद्धि हुने तथा छोराछोरीबाट सन्तोष मिल्ने समय छ । आफ्नो ज्ञान वा अनुभवको प्रयोग गरी कुनै महत्त्वपूर्ण काम निप्ट्याउन सक्नुहुन्छ । पठनपाठन र सीप देखाएर भाग्य चम्काउने समय हो । सिनियर विद्यार्थी वा गुरुजनको सहयोग पाउनाले थप हौसला मिल्नेछ । सम्झौता वा करार गर्न अनुकूल समय छ, दैनिक कामबाट समेत फाइदा नै हुनेछ, थोरै भए पनि दिगो लाभ हुने कुनै कामको थालनी हुनसक्छ । 

        कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

        व्यक्तिगत प्रयोजनमा भन्दा पनि पारिवारिक खुसीलाई मध्यनजर गर्दै कुनै काम लुकाएर गर्नुपर्ने परिस्थिति छ, तथापि जीवनसाथीलाई प्रस्ट्याउन सकेमा सहायता पाउन सक्नुहुन्छ । सोच्ने शक्ति र निर्णयात्मक क्षमतामा कमी आउने दिन हो । आज हरेक कुरामा यो गरौं कि त्यो गरौं भन्ने अलमल हुनसक्छ । 

        मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

        जुन कुराले मनमा उत्साह बढ्छ त्यही कार्य गरे मन प्रसन्न रहनेछ, तर सँगीसाथीसँग रमाउन खोज्दा आपसी समन्वय बिग्रन सक्छ, सचेत हुनुपर्छ । पारिवारिक जीवन सुखद रहनेछ, घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । कतिपय आर्थिक समस्या सञ्चारसम्पर्कबाट नै हल गर्न सकिने छ ।

          सम्बन्धित समाचारहरु