असार १४,२०७९ / ०९ : ५७ अपरान्ह / 2022-06-28 09:57 pm

        आजको राशीफल

        - २ हप्ता अगाडि
        फागुन २३,२०७८

        मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

        समस्या र चुनौतीलाई चिर्दै अघि बढ्ने समय हो, मानसिक संवेग, रिस र आवेगमा बृद्धि हुने भएकाले कार्यक्षेत्रमा संयमताका साथमा अघि बढ्नुपर्ने हुन्छ । व्यक्तित्व विकासको राम्रो अवसर प्राप्त हुनेछ, कुनै यस्तो व्यक्तित्वसित चिनजान वा मित्रता हुनेछ, जसबाट तपाईंले आत्मबल र प्रेरणा जुटाउन सक्नुहुन्छ । 

        बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

        भ्रमण, पर्यटन वा यात्राको योजना तैयार गर्ने वा लामो दूरीको यात्रामा निस्कने समय हो । आज खेलकूद र मनोरञ्जन पनि प्रिय विषय बन्नसक्छन् । सकेसम्म कार्यक्षेत्रमा आफैं खटेको जाति हुन्छ, सहयोगीले विश्वासघात गर्ने समय छ । असचेत हुँदा व्यापारमा अचानक मन्दी छाउने सम्भावना हुन्छ । 

        मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

        रिजल्टको प्रतीक्षामा हुनुहुन्छ भने आशाअनुरूप परिणाम प्राप्त हुने दिन हो । आशावादी बनेर लक्ष्य निर्धारण गर्नुहोस्, हाँके/ताकेका काम पूरा गर्न सकिने छ । व्यक्तित्व विकासको प्रयास सफल हुनेछ । आज सञ्चित रकम जग्गाजमिन वा कुनै स्थिर सम्पत्तिको प्रयोजनमा खर्च गर्ने समय हो । तामेलीमा परेका कामको सम्पादन गरिने र नयाँ काम सुरु गर्ने समय छ । 

        कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

        कुनै कामका लागि टाढा जानुपर्ने बाध्यता हुनेछ, यद्यपि एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । बौद्धिक क्रियालाप र आध्यात्मिक पक्षमा आकर्षण देखापर्नसक्छ । प्राविधिक विषयवस्तु र आधुनिकतम ज्ञानका क्षेत्रमा सक्रियता जनाउने समय छ । 

        सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

        सार्वजनिक हित वा परोपकारी काममा खट्नुपर्ने समय छ । घरैको वा छरछिमेकको कुनै धार्मिक/सामाजिक काममा सहभागी बन्नुपर्ने हुन्छ । प्रशस्त सम्भावना र उपलब्धिहरू भएको राम्रो दिन छ, सानो प्रयासले राम्रो नतिजाका साथै सम्मान र जस पाउन सकिने छ ।

        कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

        वातावरण तपाईंको विपक्षमा भएको दिन हो, आफ्नो कर्तव्य र दायित्वप्रति सचेत भई पठनपाठनमा अझ लगाव देखाउनु ठीक हुन्छ । कुनै अप्ठ्यारो र झञ्झटिलो काम छ वा ठूलै धनरकम लगानी गर्ने परिस्थिति छ भने धैर्य र संयम भई त्यसका कमजोरीका बारेमा चिन्तन गर्ने दिन हो । 

        तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

        घरायसी सुखको आकाङ्क्षा बढ्ने समय हो । मन भावुक र प्रेमिल बन्ने वातावरण छ । समय निकालेर घरपरिवारमा सम्पर्क गर्नु र खैखबर बुझ्नु राम्रो हुन्छ । आम्दानीको पाटो राम्रो देखिन्छ । सधैंभन्दा बढी व्यस्त हुने समय हो, खटेअनुसार फाइदा पनि लिन सकिन्छ, तर बेलुकीपख आफन्त, घरपरिवार र सन्तानका निमित्त समय छुट्याउनु पर्छ । 

        बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

        काम गर्दा गल्ती हुन्छ कि भनी सचेतता अपनाउनु होला, मनमा उत्पन्न शङ्का तथा डरका कारण बनिसकेको काममा पनि दुबिधा उत्पन्न हुनसक्छ । प्रतिकूल परिस्थिति र कठिनाइको सामना गर्नुपर्ने हुन्छ । स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन्, तर पनि आफ्नो साख राख्न सकिने दिन हो । 

        धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

        व्यक्तित्व विकास र उज्ज्वल भविष्यको कामना राखी काम गर्ने समय हो, प्रयास गरेमा इनसर्भिस अध्ययन वा तालिमको अवसर पाउन सकिने छ । आफ्नो कल्पना र भावना साकार हुने दिन हो । आज पार्टनरसमक्ष आफ्ना कुरा थोपर्नेमात्र होइन, उसका कुरा सुनेमा पनि सन्तुष्टि हुनेछ । 

        मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

        कुनै प्रशासनिक काम वा आधिकारिक यात्रा स्थगित हुनसक्छ । नयाँ लगानी वा व्यापारविस्तारका लागि उपयुक्त समय होइन, बरु वातावरण र परिस्थितिमा केन्द्रित हुनुपर्ने समय हो । घरभित्रका झिनामसिना काममा व्यस्त रहँदा समय बितेको पत्तो पाइँदैन, तर सानातिना र बेकामे कुरामा मन अल्झियो भने निराश हुनुपर्छ, सचेत हुनुपर्छ ।

        कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

        कारोबारमा खटेअनुसार फल प्राप्त हुनाले आत्मविश्वास बढ्ने समय हो । रासायनिक वस्तुहरू, पेट्रोलियम, रङ र पेन्टिङ जस्ता क्षेत्रमा बढी लाभ हुनेछ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ तर पारिवारिक दायित्व र जिम्मेबारी बढी रहने समय हो । बरु दाजुभाइ वा माइतीपक्षको सरसहयोग जुटाउन सक्नुहुन्छ ।

        मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

        दोहोर्याएर काम गर्नु परे पनि नतिजा लाभदायक नै रहने छ । बोली र व्यवहारले धेरैलाई आकर्षित तुल्याउन सकिन्छ र विशेष अवसर प्राप्त हुनसक्छ ।  व्यक्तिगत खुसीका लागि कुनै कुरामा खर्च बढ्ने समय हो, आर्थिक पक्ष कमजोर भएमा पार्टनरको सहायता लिन सकिने छ । बोलीमा सामर्थ्य भएको दिन हो । 

          सम्बन्धित समाचारहरु