मंसिर २०,२०७९ / ०१ : २६ अपरान्ह / 2022-12-06 01:26 pm

        आजको राशीफल

        - ५ घण्टा अगाडि
        फागुन २२,२०७८

        मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

        आशा देखाउने र आश्वासन दिनेले धोका दिनसक्ने समय हो । आफूलाई धैर्य र संयम बनाउनु राम्रो हुन्छ, किनकि यतिबेला कुनै लफडा वा झमेलामा फँस्ने सम्भावना देखिन्छ । नयाँ अनुभव वा ज्ञानराशि बटुलेर कारोबारलाई नयाँ ढंगले अघि बढाउने मनसाय बन्नसक्छ । हिसाबकिताबको मिलान र व्यवस्थापकीय जिम्मेबारीका लागि समेत केही समय छुट्याउनुपर्ने हुन्छ ।  

        बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

        मनको हठ र कुण्ठामा भुलिने समय छ, तर पढाइ छाडेर अन्त भुलिनु भविष्य बिगार्ने कुरा हो भन्ने हेक्का राख्नु ठीक हुन्छ । जालीझेली र फटाहाहरूसँग सङ्गत हुनसक्छ, जुनसुकै काममा सावधान र सचेत रहनु पर्छ, धनको मामिलामा कसैले फँसाउने चेष्टासमेत गर्न सक्छन् । बाध्यात्मक काममा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । समयमा काम गर्न नसक्दा विशेष अवसर फुत्कन सक्छ ।

        मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

        सबै कार्य योजनानुसार सम्पन्न हुँदै जानेछन्, आपसी समन्वय र आन्तरिक सुख बढ्ने समय छ । उच्चकोटिको शारीरिक सुख प्राप्त हुनेछ । यात्रा हुने सम्भावना पनि छ । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । गृह निर्माण, फर्नीचर र साजसज्जाका सामाग्री, शयन उपकरण, बालबालिकाका सरसामाग्री, खानपीनका सुख्खा सामाग्री, गरगहना र सुनको कारोबारबाट मनग्ये लाभ पाउने दिन हो । 

        कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

        दाम्पत्यसम्बन्ध र पारिवारिक जीवन सुखमय रहनेछ । कामकाजी महिलाले आफ्नो कार्यक्षेत्रमा समेत राम्रो प्रगति गर्नसक्ने समय हो । अलि बढी मिहिनेत गर्नुपर्ने समय छ, कुनै परीक्षा वा प्रतिस्पर्द्धामा सहभागी हुनुछ भने निराश नहुनुहोस्, रिजल्ट तपाईंको पक्षमा आउने छ । अत्यन्त क्रियाशील र व्यस्त रहने समय हो, विशेष ठाउँमा तपाईंको निर्णय र कार्ययोजनाले राम्रो स्थान पाउन सक्छ । 

        सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

        आफ्नो क्षेत्रमा साख र इज्जत कमाउने दिन हो, सहयोगीहरूको समेत साथ पाउनाले आत्मबल र हिम्मत पलाउने राम्रो समय छ । लामो समयदेखि एकान्तमा बसेर भलाकुसारी गर्न पाउनु भएको छैन भने अब निराश हुनुपर्दैन, भेटघाटको अनुकूलता मिल्नेछ । सिर्जनात्मक काम गर्नाले धन, मान र प्रतिष्ठा बढ्ने दिन हो । धर्म/अध्यात्म र परोपकारी कामतर्फ मन आकर्षित बन्नसक्छ । 

        कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

        पार्टनरको चासो र चिन्तामा मात्र केन्द्रित हुने समय होइन, केही समय आफ्नो मनको खुसी र सुस्वास्थ्यका निम्ति छुट्याएको राम्रो हुन्छ । घरपरिवारमा सम्पर्क राखी भलाकुसारी गर्ने र पारिवारिक खरखाँचोका बारेमा जानकारी बटुल्ने समय हो । कुनै आकस्मिक भ्रमणबाट ज्ञान र धन जुटाउने अवसर मिल्नेछ । 

        तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

        जागरुकता र इच्छा बढ्ने समय हो, तपाईं कला वा अभिनय क्षेत्रको शिक्षार्थी हो भने सोचेको कुरा लिपिबद्ध गर्नुहोला, भविष्यमा काम दिनेछ । रूपसौन्दर्य र साजसज्जाप्रति झुकाव बढ्ने दिन हो । बोलीमा विशेष मिठास घोलिएको हुँदा कसैलाई फकाएर काम गराउनु छ भने प्रयास गर्नुहोला । 

        बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

        स्वास्थ्य अनुकूल रहनेछ, आकस्मिक यात्राबाट भाग्य बढ्ने दिन हो, प्रतिस्पर्द्धी र शत्रुले आँखा तरे पनि सामना गर्ने साहस गर्ने छैनन् । मानसिक अशान्ति, छटपटी र उदासीनताका कारण बन्दव्यापार प्रभावित बन्ने दिन हो । मनलाई स्थिर र सन्तुलनमा राख्ने कोसिस गर्नुहोस्, नत्र आर्थिक पाटोसमेत कमजोर बन्नसक्छ ।  

        धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

        सांसारिक सुखप्रतिको अधिक झुकाव र जुनियर स्टाफको असहयोगका कारण बन्दव्यापार प्रभावित बन्ने दिन हो । तर आवश्यकता भएमा छोराछोरी वा भाइबहिनीले सहयोग गर्ने परिस्थिति छ । पारिवारिक वातावरण सुखमय रहनुका साथै पतिपत्नीका बीचमा राम्रो समझदारी कायम हुनेछ । 

        मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

        अरूको विश्वास गर्दा सुरुमा काम रोकिन सक्छ, पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला, त्यस्तै गोपनीयता बाहिरिनाले समस्यामा पर्न सकिन्छ । गोपनीयता कायम राखी काम गर्न सके कार्यक्षेत्रमा प्रशंसा बटुल्न सकिने छ, तर आज घरपरिवार र छोराछोरीलाई समय दिनुपर्ने  हुन्छ । 

        कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

        सामाजिक वा साङ्गठनिक कामका कारण नियमित कामधन्दामा असर पर्ने समय छ । दीर्घ प्रयोजनका लागि सम्पत्ति जोड्ने विचार छ भने आजको प्रयास र मिहिनेतबाट लाभ मिल्नेछ । प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिने समय हो, अत: कुनै महत्त्वपूर्ण निर्णय लिनुअघि सिनियर वा जानकार व्यक्तिको सल्लाह लिनु ठीक हुन्छ । 

        मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

        चिसो चिजबीज, सागसब्जी र दुग्धजन्य कारोबारीहरूले सफलता पाउने दिन हो, आम्दानीको पाटो सहज नै देखिन्छ, तर पनि फुइँ लाउने क्रममा मोटै रकम खर्च हुने परिस्थिति छ । शरीरमा विशेष ताजगी र स्फूर्ति बढ्नेछ । आज नयाँ परिकार बनाएर खाने र खुवाउने विषयमा केन्द्रित हुनुपर्ने दिन हो ।

          सम्बन्धित समाचारहरु