असार १४,२०७९ / ०९ : ४५ अपरान्ह / 2022-06-28 09:45 pm

        आजको राशीफल

        - ३ हप्ता अगाडि
        फागुन १९,२०७८

        मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

        दाजुभाइ र दिदीबहिनीसँग सहायता आदान/प्रदान गर्ने समय हो । काम छैन भने पनि माइतीपक्षसँग सम्पर्क गरी खैखबर बटुल्नु राम्रो हुन्छ । आज गरेको परिश्रम र अध्ययनप्रतिको समर्पण भावले तपाईंको भावी जीवन र भविष्य निर्धारण हुने लक्षण छ । 

        बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

        बहुप्रतीक्षित महत्त्वाकाङ्क्षा सिद्ध हुने दिन हो । हाकिम वा नेतृत्व पङ्क्तिका विशिष्ट व्यक्तित्वको सहयोग जुटाउन सकिन्छ । व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो, तर पार्टनरका तर्फबाट कुनै खुसी हुने कुरा सुन्न पाइनेछ, जसले गर्दा मनमा भएको बोझ हटी प्रसन्नता बढ्नेछ । 

        मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

        धार्मिक/सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण आम्दानीमा कमी आउने छैन । अर्काको सहयोग गर्न पाउँदा सन्तुष्टि बढ्ने समय हो, मनमस्तिष्क नै धर्म, अध्यात्म र जीवनसम्बद्ध उच्च दर्शनतर्फ आकृष्ट हुनेछ । परिश्रम र मिहिनेत गरेअनुरूप भाग्यबृद्धि गर्ने दिन हो, कुनै नजानेको जटिल समस्या छ भने प्रयास गर्नुहोला ।

        कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

        बेकारको चिन्ता र अनावश्यक भयले बारबार मन बिथोलिन सक्छ, मन एकतमासको बन्ने दिन हो । एकोहोरिनु र घोरिनुभन्दा कुनै बाँकी काम सम्पन्न गर्नु ठीक हुन्छ । चुनौतीभित्र अवसर खोज्ने समय छ । जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ, तर कागजपत्रमा सहीछाप गर्दा सतर्कता अपनाउनु ठीक हुन्छ । 

        सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

        सम्मान प्राप्त हुने समय छ । मनलाई एकाग्र बनाउन, समाधि र योगको अभ्यास गर्नसमेत आजको दिन राम्रो देखिन्छ । आम्दानीका दृष्टिले कमजोर समय छैन, तर मन भावुक र चञ्चल बन्नसक्छ, त्यस्तै पारिवारिक प्रयोजनमा केही समय खर्च हुनसक्छ । 

        कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

        थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ । खासगरी इलेक्ट्रिकल, सञ्चार र धातुका कारोबारीको व्यवसाय उत्तम रहनेछ । दैनिक कामधन्दामा जीवनसाथी र सन्तानको सहयोग प्राप्त हुनेछ । तर ससाना कुरामा पनि बहस र विवाद हुनसक्ने समय भएकाले भरिसक्य कम बोलेको जाति हुन्छ । 

        तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

        ईर्ष्या गर्नेहरूले आफ्ना प्रयास जारी राख्दासमेत तपाईंको बुद्धि र मिहिनेतले रङ देखाउने समय हो । व्यक्तित्व विकास वा थप अध्ययनको अवसर प्राप्त हुनेछ । आपसी सम्बन्धमा विश्वास र भरोसाको वातावरण बन्नेछ, एकान्तमा रमाउँदै भावना आदानप्रदान हुने समय हो । 

        बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

        घरपरिवारमा राम्रो छ, विभिन्न कुराको लाभ पाउने समय हो, तर कुरा काट्ने र खिसीट्युरी गर्नेहरूको क्रियाकलाप देखेर खिन्न बन्न सक्नुहुन्छ । पारिवारिक रमझममा भुलिंदा पढाइ बिथोलिन सक्छ, तर कुनै पाठमा कमजोरी देखिएमा सहपाठी साथीहरू वा शिक्षकको सहयोग लिनु जाति हुन्छ । 

        धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

        कुनै विद्वान् व्यक्तिका साथमा निकटता बढ्ने समय हो, नजानेको कुनै कुरा छ भने दाजु/दिदी वा गुरु/गुरुआमाको सहायता लिंदा लाभ पाइने छ ।  धार्मिक/सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ, प्रतिष्ठा बृद्धिका लागि गरेको प्रयासमा सफलता मिल्नेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा सफलता हासिल हुनेछ ।

        मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

        पार्टनरबाट कुनै नौलो कुरा सुन्न पाउँदा हर्षित हुने वा कुनै उपहार प्राप्त गरेर दङ्गपर्ने समय छ । घरायसी सुखसुविधा बढाउन वा चलअचल सम्पत्ति खरीद गर्ने योजना बनाउने दिन हो । कसैसँग सहयोगको अपेक्षा गरेमा निराश हुनुपर्दैन । सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ ।

        कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

        पार्टनरबाट तपाईंको भावना बुझी कार्य गर्ने प्रयास हुनेछ । एकान्तमा रमाउन पाउँदा सन्तोषको आभास हुनेछ । कार्यक्षेत्रमा आफ्नो सीप र कौशलको प्रदर्शन गर्ने अवसर मिल्नेछ । सिनियर कर्मचारी वा मालिकको स्याबासी पाउन सक्नुहुन्छ । नयाँ कामको थालनी गर्न अनुकूल समय रहने छ । 

        मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

        महत्त्वाकाङ्क्षाको भावना पलाउन सक्छ । कुनै दीर्घ प्रयोजनका योजना छन् वा विदेशमा पढ्ने सपना छ भने अझ धेरै मिहिनेत गर्नु जायज हुन्छ । अनुभव वा ज्ञानको कमीले निराशा हुने वा असहजता आउने समय हो । सहयोगी वा जुनियर स्टाफको अनुपस्थितिले पनि समस्या निम्त्याउन सक्छ ।

          सम्बन्धित समाचारहरु