श्रावण २२,२०७९ / १० : १५ अपरान्ह / 2022-08-07 10:15 pm

        आजको राशीफल

        - ५ महिना अगाडि
        फागुन १७,२०७८

        मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

        कर्मप्रति समर्पित हुने र थप लाभ उठाउने समय हो । लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । घरायसी रमझम र कामधामबाट फुर्सद निकाल्न सकिंदैन, कामकाजी महिलाले कार्यक्षेत्रमा उन्नति गर्नेछन्, तर पनि पारिवारिक जिम्मेबारी वहन गर्नुपर्ने हुन्छ । 

        बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

        मान्यजन र वरिष्ठ व्यक्तित्वसँग निकटता बढ्ने तथा सहानुभूति प्राप्त गर्न सकिने छ । आज जोसुकै पाको व्यक्तिलाई गरेको सहयोगले भाग्यबृद्धि हुने समय हो । कामको चापबाट फुर्सद पाइने राम्रै दिन छ, विभिन्न सहयोग र उपहार पनि प्राप्त हुनेछन्, तर गलत काम र दुर्जन व्यक्तिको विश्वासमा पर्दा इज्जतमा दाग लाग्ने दिन हो । 

        मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

        आम्दानीका मार्ग बढ्नेछन् र आयका नयाँनयाँ स्रोतहरू प्राप्त हुनेछन् । यद्यपि खर्च पनि बढ्नेछ, तर आम्दानीका मार्गहरूभन्दा बढी खर्च हुनेछैन । व्यवस्थापन पक्ष र कामदारहरूका बीचमा समुचित समन्वय हुनु जरुरी देखिन्छ । परिस्थिति विपक्षमा रहेकाले यति वेला कुनै नयाँ निर्णय लिनु राम्रो हुँदैन । मनमा उदासीपन र तनमा शिथिलता भरिएको दिन छ ।

        कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

        कला, साहित्य र अभिनय क्षेत्रका विद्यार्थीले बाह्य विषयवस्तुमा भन्दा निर्धारित पाठ्यक्रममा ध्यानकेन्द्रित गर्नुपर्ने समय आएको छ । विगतका रमाइला पलहरूको याद आउने छ, बाल्यावस्था वा कलेज लाइफका दिन सम्झँदा मन भावुक बन्नसक्छ । कार्यक्षेत्रमा सफलता मिल्नेछ ।

        सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

        कुनै कुराले गर्दा मनमा दोधारेपन हुनसक्छ, त्यस्तै पार्टनरका क्रियाकलाप वा कुनै कुराप्रति तपाईंलाई चित्त नबुझ्न सक्छ । सहकर्मी साथी वा सहयोगीसित झैझगडा हुने दिन हो, बल प्रदर्शन गर्नु हुँदैन, सानोतिनो चोटपटक नै लाग्नसक्ने दिन हो । ऊर्जा, ग्यास, इलेक्ट्रिक, खेलकुद र धातुजन्य पेसामा आबद्ध कारोबारीका लागि राम्रै दिन रहनेछ, तर पनि मस्तिष्कलाई आराम हुने समय छैन ।

        कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

        देखिएका बाधा/अड्चन हटाउन तथा शत्रुदमन गर्न प्रयास गर्ने समय हो । घरपरिवारबाट पनि शुभ र सुखद समाचार प्राप्त हुनेछन् । कुनै अनुभव वा ज्ञानको कमी छ भने अझ पनि प्रयास गर्न सकिनेछ । आर्थिक शुभताको विशेष समाचार प्राप्त हुनेछ । केही समय घरपरिवार र सन्ततिको जिम्मेबारीमा बित्नसक्छ । घरपरिवार, जीवनसाथीको कामधाम र छोराछोरीको चिन्तामा मन केन्द्रित हुनसक्छ । 

        तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

        निर्णयात्मक काममा ध्यान केन्द्रित हुँदैन, घरायसी समस्या र सुखका बारेमा समेत चिन्तन गर्ने समय छ । विशेष काम गर्नुछ भने अभिभावक, पत्नी वा छोराछोरीका इच्छा बुझेर चल्नु ठीक हुन्छ । मन फुरुङ्ग हुने समय हो, सहयोगीहरूको साथ पाउनाले छिट्टै कार्य सम्पादन गर्न सकिने छ ।

        बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

        सार्वजनिक क्षेत्र, सेवामूलक काम, ढुवानी र निर्माण सामाग्रीका कारोबारीले राम्रो गर्नसक्ने दिन हो, तर सामाजिक काममा वा सँगीसाथीसँग अलमलिने दिन भएकाले कारोबारमा पूरा समय दिन सकिंदैन । मान्यजनको सामीप्य प्राप्त हुने तथा उहाँहरूलाई आदरभाउ गर्नुपर्ने दिन छ । 

        धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

        घरपरिवारका सदस्य वा जीवनसाथीको कुनै व्यवहारले आज एउटा स्मरणीय आनन्द प्राप्त हुने दिन हो, अझ बोली र व्यवहारमा नम्रताको प्रयोग गर्नुहोस्, केही दिनमा नै घरमा नवीन सुखको आभास हुनेछ । परीक्षा वा प्रतियोगिताका लागि तैयारी गर्न अनुकूल दिन रहेको छ । 

        मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

        लामो समयदेखि बनाउन नसकेको काम बनाउन सकिने समय हो । मुल्तवी र तामेलीमा परेका फाइलमा घोत्लिंदा धन र मान दुबै बढ्नसक्छ । व्यक्तिगत उन्नति र प्रगतिको समाचारले मन प्रसन्न हुनेछ, अझ पार्टनरबाट शुभकामना प्राप्त गर्नाले थप सन्तुष्टि र आनन्दको अनुभूति हुनेछ ।

        कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

        सेवाग्राही वा सिनियरसँग कुनै पनि बहसमा नअलमलिनु होला, नत्र सामान्य मानेको कुराले नै पछि तनाव बढाउने खतरा देखिन्छ । आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित हुनुपर्छ भन्ने धारणा राख्नु राम्रो हुन्छ । सानातिना रोगव्याधिको भय र हलुका दुर्घटना हुने सम्भावना छ ।

        मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

        आर्थिक एवं व्यवहारिक दुवै पक्ष बलियो छ, व्यक्तिगत प्रतिष्ठाका लागि अझ धेरै खट्ने समय हो । पारिवारिक उन्नतिका लागि कुनै नवीन कार्यको शुभारम्भ हुनेछ । मिहिनेत गर्ने दिन हो, परीक्षा वा अन्तर्वार्ता छ भने त प्रतियोगी बलिया छन् भन्ने बुझेर अझ धेरै प्रयास गर्नुपर्ने हुन्छ, आशाअनुरूप रिजल्ट आउने छ । 

          सम्बन्धित समाचारहरु