भाद्र १,२०७९ / ०४ : ४० पूर्वान्ह / 2022-08-17 04:40 am

        आजको राशीफल

        - २ हप्ता अगाडि
        फागुन १६,२०७८

        मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

        अत्यन्त क्रियाशील र व्यस्त रहने समय हो, विशेष ठाउँमा तपाईंको निर्णय र कार्ययोजनाले राम्रो स्थान पाउन सक्छ । दिन नरमाइलो छैन, यद्यपि काममा सक्दो मिहिनेत गर्ने दिन हो, अन्त्यसम्म व्यस्त रहनु पर्नेछ, तर मिहिनेत गरेअनुसार प्रतिफल पनि राम्रै हुनेछ । 

        बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

        शुभचिन्तकहरूको साथ पाइने छ, सुखद समाचार सुन्न पाउँदा दिन प्रेरणास्पद बन्नेछ । बौद्धिक र ज्ञानमूलक विषयमा रूचि बढ्ने दिन हो । भाग्यले साथ दिने समय छ, आज गरेको सानो प्रयत्नले ठूलो काम बनाउन सक्नुहुन्छ । मन धार्मिक र दार्शनिक क्रियाकलापमा आकर्षित बन्नसक्छ ।

        मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

        तन्त्रमन्त्र, साधना एवं कुनै रहस्यात्मक विषयमा रुचि बढ्नसक्छ । आज कडा मिहिनेत गरी नसुल्झिएको समस्यालाई हल गर्ने दिन हो । विपरीत परिस्थितिलाई जितेर अघि बढ्ने दिन हो, हाँके/ताकेका जुनसुकै काममा बिलम्ब हुनसक्छ । अल्छी गर्ने होइन, कडा परिश्रम गरेर काम निकाल्नुपर्ने हुन्छ । 

        कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

        लामो समयपछि कतै एकान्तमा बस्न पाउने र रमाउने समय छ, आफ्ना कुरा सुनाउनुभन्दा पार्टनरका भावना बुझ्ने प्रयास गर्नुहोला । पुरुष जातकले ससुराली पक्षमा र स्त्री जातकले माइतीपक्षमा सम्पर्क गर्ने वा परिआएको काममा सघाउने परिस्थिति देखिन्छ । 

        सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

        घमण्ड र क्रोधमा बृद्धि हुनसक्छ, तर  पनि व्यक्तिगत कार्य र पारिवारिक जिम्मेबारीका बीच तालमेल मिलाउन सकेमा आज अनपेक्षित विवाद एवं अपजसबाट बच्न सकिन्छ । जिद्दीपन बढ्ने दिन हो, पठनपाठनमा पनि चुनौतीको सामना गर्नुपर्छ, धैर्य भएर आफ्नो काममा तल्लीन हुनु ठीक हुन्छ । 

        कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

        प्रयास गरेको कुनै पनि साधनाले पूर्णता प्राप्त गर्नेछ । नजानेर अड्किएका विषयमा आज पुन: प्रयास गर्नु राम्रो हुन्छ । प्रतिस्पर्द्धा वा परीक्षामा सफल भइने छ, केही नयाँ कुरा सिक्नु छ, वा सिर्जनात्मक काम गर्नुपर्छ भन्ने भावना विकसित हुने दिन हो । चिताएको काम बनाउन बुद्धिकौशल अर्थात् ट्रिकको प्रयोग गर्नुपर्ने दिन हो ।

        तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

        घरमा सम्पर्क राखी भाइबहिनी वा छोरा/छोरीको उन्नति, प्रगति वा आचरणसम्बन्धी कुरामा चिन्ता गर्नु राम्रो हुन्छ । अचल सम्पत्ति, शेयर कारोबार, घरेलु प्रयोजनका सामाग्री र भोगविलासका क्षेत्रबाट बढी फाइदा लिन सकिने छ, तर आज थोरै समय घरपरिवारमा खर्च गरेको जाति हुन्छ । 

        बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

        सामाजिक वा साङ्गठनिक कामका कारण नियमित कामधन्दामा असर पर्ने समय छ । दीर्घ प्रयोजनका लागि सम्पत्ति जोड्ने विचार छ भने आजको प्रयास र मिहिनेतबाट लाभ मिल्नेछ । सहकर्मीहरूको भावना बुझी काम गर्न सके पुरानो समस्या पनि हल गर्न सकिने छ । 

        धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

        कुनै उपहार वा धन प्राप्त हुने सम्भावना छ । सिनियर कर्मचारी वा हाकिम प्रसन्न हुने दिन हो । कुनै काम फुत्काउनु छ भने प्रयास गर्नुहोला । एकआपसमा भेटघाट हुने र रमाउने वेला छ, तर बोल्दा निकै विचार पुर्याउनु होला, ससाना कुरामा पनि नोकझोक बढ्ने समय छ । 

        मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

        कृषिक्षेत्र, बनबुट्यान, काठपात र औषधी व्यवसायीहरूले खुसी हुने मौका पाउने छन्, नयाँ काममा थप लगानी गर्ने मनस्थिति बन्नसक्छ । आफन्त र प्रियजनसँगको भेटघाटले आजको दिन आनन्दित र मनोरञ्जक रहनेछ, जीवनसाथीलाई प्रसन्न तुल्याउने प्रयास गर्नुहोस्, प्रसन्नतामा अझ बृद्धि हुनेछ । 

        कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

        सामान्य मानेको लापरवाहीले समेत दण्ड/जरिवानामा पर्न सकिन्छ वा बन्दव्यापारमा मन्दी छाउने सम्भावना छ । जतिसक्दो आफ्नो कारोबारमा ध्यानकेन्द्रित गरेको जाति हुन्छ । सोचेभन्दा बढी खर्च हुनाले बजेट सन्तुलनमा नरहन सक्छ । मनोमालिन्य बढ्ने समय पनि हो । 

        मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

        परिस्थितिवश जिम्मेबारीबाहिरको काममा अलमलिनु पर्ने हुन्छ । काममा विलम्ब भए पनि कुनै विशेष काम सम्पादन गर्ने दिन हो । आन्तरिक सम्बन्ध सुदृढ हुने तथा एकआपसमा राम्रो समझदारी कायम हुने दिन हो, कुरा काट्ने, खिसीट्युरी गर्ने वा प्रतिस्पर्द्धीहरू आफैं तर्किएर हिँड्नेछन् ।

          सम्बन्धित समाचारहरु