१. एन्जेला मर्केल : सन १९५४ मा जन्मिएकी मर्केल जर्मनकी राजनीतिज्ञ हुन् र उनी २००५ देखि जर्मनीको चान्सलरको रुपमा रहेकी छिन् । उनीलाई स्वतन्त्र विश्वको नेतृको रुपमा पनि हेरिन्छ ।
२. थेरेसा मे : सन १९५६ मा जन्मिएकी थेरेसा मे बिट्रेनकी राजनीतिज्ञ हुन र उनी अहिले त्याहाँकी प्रधानमन्त्री छिन् । उनलाई परम्परावादी नेतृकी रुपमा लिइन्छ । उनले एक समय ब्याकंमा पनि काम गरेकी थिइन् ।
३. मेलिन्डा गेट्स : सन १९६४ मा जन्मिएकी मेलिन्डा अमेरिकन हुन् । उनले माइक्रोसफ्टमा केही समय काम गरेकी थिइन् । उनी बिल एण्ड मेलिना गेट्स फाउन्डेशनकी सह संस्थापक पनि हुन् ।
४. शेरिल स्यान्डवर्ग : सन १९६९ मा जन्मिएकी शेरिल अमेरिकन लेखक तथा प्राविधिक, तथा फेसबुककी मुख्य सन्चालक अधिकृत हुन् । उनी २०१२ मा टाइम १०० : संसारलाई प्रभावित पार्ने महिलाको सुचिमा थिइन् ।
५. मेरी बारा : सन १९६१ म जन्मिएकी मेरी जेनेरल मोटरस कम्पनीकी अध्यक्ष तथा मुख्य कार्यकारी अधिकृत हुन् । उनी विश्वकै पहिलो मोटर निर्माण कम्पनीको पहिलो सिइओ हुन् ।








