मंसिर २,२०८२ / ०४ : ४६ अपरान्ह / 2025-11-18 04:46 pm
      • param ad
      • furniture
      • veera Incorporation

      बोलीभीयाका जुलीया महिला संसारकै बृद्ध हुन, केक र गीत मन पराउछिन्

      - ७ वर्ष अगाडि
      भाद्र १३,२०७५

      काठमान्डौ, लगभग ११८ वर्ष पार गर्ने बेलामा पनि जुलीया फ्लोरस कोल्क अझै पनि आनन्द लिएर क्वेचा भाषामा गीत गाउछिन् र सानो एन्डीयन गिटार, चाराङ्गो, बजाउछिन् ।   

      उनी आफ्नै लामो जीवन कालमा दुइवटा विश्व यूद्धको साक्षी पनि हुन् । उनी जन्मदा लगभग ३००० जनता भएको उनको गाउ साकाबा अहिले झण्डै दुइ लाख मानिसहरु बस्ने ठूलो शहर पनि भइसकेको छ । 

      उनको राष्ट्रिय परिचय पत्रमा उनको जन्म मिति अक्टोबर २६, १९०० छ । 

      गीनीज वल्र्ड रेकर्डका प्रवक्ताका अनुसार जुलीया कुनै पनि निवेदन दिने प्रक्रियाबाट अनभिज्ञ छिन् र उनले सन्दर्भ पुस्तकबारे सुनेकी पनि छैनन् । 

      उनी अहिले आफ्नो कुकुर, बिरालो तथा कुखुरासगँ रमाउछिन् । उनीले जीवनको पूर्ण आनन्द लिइरहेकी छिन् तथा लोक गीतहरु गउछिन् र उनीलाई भेट्न आउनेहरुलाई सुनाउछिन् । उनी हाल आफ्नी ६५ बर्षिय नातिनी सगँ बस्दै आएकी छिन् । 

      उनकी नातिनी अगस्टिना बर्र्नाका अनुसार उनी अहिले पनि सक्रिय छिन् र रमाइलो गर्छिन् । गाउमा भेडाहरु हेर्ने चराउने गरेर बाल्यकाल विताएकी लगभग ११८ वर्ष पार गर्ने बेलामा पनि जुलीया फ्लोरस कोल्क अझै पनि आनन्द लिएर क्वेचा भाषामा गीत गाउछिन् र सानो एन्डीयन गिटार, चाराङ्गो, बजाउछिन् ।  ले आफ्नो यूवाअवस्था फलफुल र तरकारी बेचेर विताएकी थिइन् ।  

      उनी अहिले पनि स्वस्थ्य खानेकुरा खान्छिन् । कहिलेकाही मात्र केक र सोडा पिउने गर्छिन् । उनीले कहिल्यै बिहे गरिनन् र उनका सन्तान पनि छैनन् । 

      यो भन्दा अगाडि संसारकै सबैभन्दा बृद्ध महिलाका रुपमा जापानकी नागरिकको नाम रेकर्डमा थियो र उनी २०१८ को शुरुमै वितेकी थिइन् । 

      उनी जन्मिएको समयमा बोलीभियामा जन्म दर्ता गराउने चलन थिएन । त्यतिबेला जन्मदिनको रेकर्ड रोमन क्याथोलिक प्रिस्टहरुले ब्याप्टीजम्का बेला गर्ने गर्थे । यद्धपी उनको राष्ट्रिय परिचय पत्र बोलीभियाको सरकारले प्रमाणित गरेको छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d