चैत १८,२०८२ / ०२ : २२ अपरान्ह / 2026-04-01 02:22 pm
      • param ad
      • furniture
      • veera Incorporation

      क्रिकेटको पिचमा चमत्कार देखाइसकेका इमरान राजनैतिक पिचमा सफल हुदै

      - ७ वर्ष अगाडि
      भाद्र १,२०७५

      इमरान खान जो क्रिकेटका अल राउण्डर थिए, एकदमै तिब्र गतिका बलर थिए, र जसले आफ्नो देशलाई विश्वकप क्रिकेटको उपाधी दिलाए  उनै इमरान खान आज पाकिस्तानको प्रधानमन्त्रिमा निर्वाचित भएका छन् । क्रिकेटको मैदानमा अब्बल सावित भएका इमरान राजनैतिक मैदानमा पनि अब्बल भए र उनको पार्टीले सबैभन्दा बढी सिट प्राप्त गरेपछि गठबन्धनको सरकार बनाउन सफल भए । 

      उमेरले ६५ वर्ष पुगेका इमरान जतिबेला क्रिकेटमा तहल्का मच्चाइरहेका थिए त्यतिबेला यूवा थिए, जोश थियो, अहिले पूर्ण होशका साथ उनी देशको सबभन्दा ठूलो शक्तिशाली पदमा पदभार ग्रहण गर्न पुगेका छन् । 

      क्रिकेटको पिचमा आफ्नो चमत्कार देखाइसकेका इमरानको पार्टी तेहरीक इ इन्साफले राजनैतिक पिचमा सफल हुदै सबैभन्दा बढी सिट प्राप्त गर्यो । उनको राजनैतिक यात्रा शुरु भएको दुइ दशक बित्यो र यी दुइ दशकमा निकै उतार चढाबहरु आए । १९९७ को चुनावमा एउटा सिट पनि जित्न नसकेको उनको पार्टीले २००२ को चुनावमा १ सिट जितेको थियो । त्यही पार्टी यति बलियो भयो की २०१८ मा राष्ट्रिय सभामा ३४२ सिटमध्ये १५८ सिट जित्न सफल भयो ।  

      एउटा मिथमा भएको फिनिक्स चरा जो निश्चीत समयमा जलेर मर्छ र मरिसकेपछि खरानीबाट बिउतिन्छ र फेरी शक्तिशाली भएर उड्छ इमरान खानको जिवन पनि त्यस्तै फिनिक्स चराको जस्तै छ । उनका बुवाआमा उनी सानो छँदा लाहोरमा बसेका भएपनि इमरान खानले आफ्नो पुस्ता पास्तुन समुदाय थियो भन्ने उनको आत्मकथा योद्धाहरुको जाती ः पास्तुनको जमिनहुदै एउटा यात्रा मा उल्लेख गरिएको छ । 

      आफ्ना बाबुआमाको एक्लो छोरा रहेका इमरानको चारजना दिदिबहिनीहरु छन् । उनको आफ्नो विद्यालयको शिक्षा लाहोरमा नै गरेका थिए भने उच्च शिक्षा उनले लन्डनबाट लिएका हुन् । उनले दर्शन, राजनीति र अर्थशास्त्रमा अक्सफोर्ड विश्वविद्यालयबाट १९७५ मा ग्राजुएशन गरेका थिए । 

      उनले १९७१ म इङ्गलीस सिरीज बाट टेष्ट डेब्यू गरेका थिए भने अन्तराष्ट्रिय एक दिवशीय क्रिकेटमा १९७४ मा डेब्यू गरेका थिए । १९८२ मा उनी कप्तान भएपछि उनले आफ्नो देशलाई टेष्ट खेल जिताएका थिए । 

      यसैगरि १९९२ मा इमरानले आफ्नो खेलमा अत्यधिक ठूलो सफलता हात पारे जुनबेला  इंग्लयान्डलाई हराएर पाकिस्तानलाई विश्वकप जिताएका थिए । उनले त्यही समय क्रिकेट इतिहासकै ठूलो खेलाडिका रुपमा छदै सन्यास लिएका थिए । १९९६ मा राजनैतिक यात्रा शुरु गरेका इमरानले खराब व्यबस्थापन र भ्रष्टाचार विरुद्धको अभियान लिएर आफ्नो छुट्टै पार्टी पाकिस्तान तेहरिक इ इन्साफको गठन गरेका थिए । उनले २०१३ मा नया पाकिस्तानको संकल्प नमक अभियान शुरु गरेका थिए । जसले तत्कालिन पाकिस्तानको मुख्य पार्टी पाकिस्तान मुस्लिम लिग–नवाज लाई मुख्य चुनौती दियो किनकी उनको दलले मुस्लिम लिगलाई गलत ब्यवस्थापन गरेको र भ्रष्टाचार गरेको आरोप लगाएको थियो । 

      इमरानले मानविय क्षेत्रमा पनि पाइला राख्दै शउकात खानुम मेमोरियल क्यान्सर अस्पताल र ब्राडफोर्ड विश्वविद्यालयको सहकार्यमा नमल कलेजको स्थापना गरेका छन् । 

      २०१८ को चुनावमा सबैभन्दा बढी सिट पाएर प्रधानमन्त्री बनीसकेपछि उनले नया पाकिस्तान को भिजन लाई सफल बनाउने चुनौति छ जसले न्यायपूर्ण समाज, बलियो लोकतन्त्र र विधीको शासनको वकालत गर्छ । 

        सम्बन्धित समाचारहरु