जेष्ठ १,२०८१ / ०२ : २८ पूर्वान्ह / 2024-05-14 02:28 am
      • param ad
      • furniture
      • veera Incorporation

      रास्वपाको केन्द्रीय समिति बैठक जलेश्वरमा

      - २ हप्ता अगाडि
      मंसिर १०,२०८०

      काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक सोमबारदेखि महोत्तरीको जलेश्वरमा सुरु हुने भएको छ ।

      बैठक मंसिर ११, १२ र १३ गते तीन दिनसम्म चल्ने छ । बैठकमा पार्टीका प्रदेश सभापतिहरुको पनि सहभागिता रहने महासचिव मुकुल ढकालले जानकारी दिए ।

      बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल एवं आवश्यक निर्णयहरू हुने महासचिव ढकालले बताएका छन् । 

       

        सम्बन्धित समाचारहरु