वैशाख १७,२०८१ / ०६ : ०८ पूर्वान्ह / 2024-04-29 06:08 am
      • param ad
      • furniture
      • veera Incorporation

      कोसीका मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत, पक्षमा ८६ र विपक्षमा ५ मत

      - एक हप्ता अगाडि
      कार्तिक १,२०८०

      काठमाडौं, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।

      कांग्रेसभित्र विद्रोह गरेर एमाले सांसदहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले प्रदेशसभाका दुई तिहाईभन्दा धेरै सांसदको समर्थन पाएका हुन् ।

      बुधबार बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कार्कीले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ८६ र ५  विपक्षमा  मत परेको हो। राप्रपाका एकजना सांसद अनुपस्थित रहे।

      प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम कार्कीले पेस गरेको विश्वासको मतको प्रस्ताव निर्णयार्थ मतदानका लागि प्रदेशसभामा प्रस्तुत गरेकी थिईन् ।

      जसमा प्रदेशसभाका ८६ सांसदले मुख्यमन्त्री कार्कीलाई मत दिएका छन् । संविधानको धारा १६८ (५)  बमोजिम मुख्यमन्त्री बनेका कार्कीलाई एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ८६ सांसदले विश्वासको मतको प्रस्तावको पक्षमा मत दिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसदले विपक्षमा मतदान गरे ।

        सम्बन्धित समाचारहरु