काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । मंगलबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो । बैठकमा संविधान संशोधन र कोरोना भाइरसको संक्रमण रोकथामबारे छलफल हुनसक्ने बताइएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिइरहेको अवस्था र संविधान संशोधनका बारेमा सम्भवतः सर्वदलीय बैठकमा छलफल हुनेछ । भारतले अतिक्रमण गरेका नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा अध्यावधिक गरेपछि सोहीअनुसार निशान छाप परिमार्जन गर्नका लागि सरकारले संविधान संशोधन विधेयक संसदमा लगेको छ ।








