असार ४,२०८३ / ०१ : ४७ अपरान्ह / 2026-06-18 01:47 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सरकारको प्राथमिकतामा परेका महत्वपूर्ण योजना यस्ता छन्

      - ६ वर्ष अगाडि
      जेष्ठ २,२०७७

      सरकारले ३ सय शय्याको अत्याधुनिक सरुवा रोग अस्पताल बनाउने योजना अघि सारेको छ ।

      शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०७७ /०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ३ सय शय्याको अत्याधुनिक सरुवा रोग अस्पताल बनाउने योजना घोषण गरेकि छिन् । यो वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्र सुधारका कार्यक्रम प्राथमिकतामा राखिएको उनले बताइन् । 

      यस्तै सरकारले कोरोना भाइरसका कारण नेपालभित्र कसैको पनि ज्यान जाने अवस्था आउन नदिने बताएको छ । भण्डारीले कोभिड १९ बाट ज्यान जाने अवस्था आउन नदिन सरकार दृढतापूर्वक लागेको बताइन् । उनले कोभिड १९ बाट देशलाई मुक्त बनाउनु सरकारको पहिलो प्राथमिकता भएको पनि बताइन् ।

      त्यस्तै आन्तरिक आवागमन र आपूर्ति व्यवस्था सहज बनाउने, विकास निर्माणलाई तिब्रता दिने कार्यक्रम कार्यान्वयन गर्ने राष्ट्रपति भण्डारीले बताइन् ।

      यसैगरी  सरकारले वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवाहरुलाई उद्यमशील बन्नका लागि सरकारले सुरुआती पुँजी उपलब्ध गराउने भएको छ । सरकारले उद्यमशील बन्न चाहाने युवाहरुलाई यस्तो सुविधा दिने घोषणा गरिन् । नयाँ उद्यम गर्न सरकारले युवाहरुलाई पनि सुरुवाती पुँजी उपलब्ध गराइने भएको छ । नवप्रर्वतनात्मक स्टार्टअप युवा उद्यमीलाई सुरुवाती पुँजी उपलब्ध गराईने नीति तथा कार्यक्रममा उल्लेख छ ।

      यस्तै भण्डारीले सबै स्थानीय तहमा श्रम सूचना बैंक स्थापना गर्ने बताएकी छिन् । नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीमा कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समेटनेसमेत उल्लेख गरिएको छ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सीपयुक्त र रोजगारमैत्री बनाउन नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत स्थानीयतमा रहेका बेरोजगार युवाको तथ्याक र विवरण लिने भएको छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d