असार ४,२०८३ / ०१ : ४७ अपरान्ह / 2026-06-18 01:47 pm
      • param ad
      • furniture
      • veera Incorporation

      किन भयो नेकपा स्थायी कमिटी बैठक स्थगित ?

      - ६ वर्ष अगाडि
      वैशाख ३१,२०७७

      काठमाडौं, बुधबार बिहान ११ बजेका लागि बोलाइएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले सहभागी हुन नसक्ने भनेपछि बैठक स्थगित भएको छ ।

      महामारी धेरै बढ्यो भन्दै प्रधानमन्त्री आलीले स्वास्थ्यमा पनि समस्या भएकाले बैठककमा उपस्थित हुन नसकेपछि बैठक स्थगित भएको हो ।

      बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठकमा देशभरबाट स्थायी कमिटी नेताहरु आउनुपर्ने भएकाले स्थागित गरिएको नेकपा वरिष्ठ नेता झलनाथ खनालले बताए । कोरोना महामारीको प्रकोप बढ्दै गएकाले देशभरबाट नेताहरु आउँदा थप संक्रमण बढ्ने देखेपछि स्थागित गर्नुपरेको बताए ।

      यस अघि २५ गतेका लागि स्थायी कमिटी बैठक बोलाइए पनि बैठकमा पेश गर्ने एजेण्डामा विवाद हुँदा स्थगित भएको थियो। आजको बैठकमा सीमा विवाद र बजेटका विषयमा एजेण्डा तय गर्ने सहमति भएको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d