असार ३,२०८३ / ०३ : ३० पूर्वान्ह / 2026-06-17 03:30 am
      • param ad
      • furniture
      • veera Incorporation

      नेपालले भारतलाई पठायो कूटनीतिक नोट

      - ६ वर्ष अगाडि
      वैशाख २९,२०७७

      काठमाडौँ, जारी लिपुलेक विवाद र भारतीय अतिक्रमणबारे नेपाल सरकारको धारणा राख्न परराष्ट्र मन्त्रालयले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएको छ । राजदूत क्वात्राले सोमबार सिंहदरबारमा भेट गरेका हुन् ।

      राजदूत क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सचिव शंकर वैरागीसहितका पदाधिकारीलाई मन्त्रालयमा भेटेका छन् । परराष्ट्र स्रोतका अनुसार नेपाली भूभागभित्र रहेको लिपुलेकमा बिनासूचना र जानकारी भारतीय पक्षले सडक निर्माणसहितका गतिविधि जारी राखेकोमा राजदूत क्वात्रालाई ’कूटनीतिक नोट’ समेत दिइएको छ । यस विवादमा भारतीय पक्षसँग उच्चस्तरीय वार्ताको लागि पहल भइरहे पनि भारतले कोभिड(१९ को संकटपछि मात्रै यसबारे कुराकानी गर्ने भनेर पन्छिँदै आएको छ ।

      भारतले लिपुलेक हुँदै चीनसँग जोड्ने व्यापार मार्ग खोलेपछि उत्पन्न विवाद अन्यत्र सबैतिरको सीमा विवादको समाधानको पहल गर्दै नेपाल सरकारको तर्फबाट कूटनीतिक नोट पठाएको जनाएको हो । कूटनीतिक नोटमा मन्त्री ज्ञवालीले सीमा विवादका बिषयमा नेपालको आफ्नो औपचारिक धारणा उल्लेख गर्नुभएको छ ।

      मन्त्री ज्ञवाली र राजदूत क्वात्राका बीचमा शान्तिपूर्ण वार्ता मार्फत विवाद समाधान गर्न आवश्यक पहल गर्ने बिषयमा छलफल भएको जनाइएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d