असार ३,२०८३ / ०३ : ३२ पूर्वान्ह / 2026-06-17 03:32 am
      • param ad
      • furniture
      • veera Incorporation

      लिपुलेक हुँदै मानसरोवर जाने सडक विवादमा भारत र चीन दुवै संलग्न : प्रचण्ड

      - ६ वर्ष अगाडि
      वैशाख २८,२०७७

      काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडक उद्घाटन गर्ने भारतीय कदम त्रिदेशीय मुद्दा भएकाले नेपाल, भारत र चीनबीच कुटनीतिक वार्ता गर्नुपर्ने बताएका छन् ।  

      सिंहदरबारमा आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहागी भएका प्रचण्डले सीमा विवाद दशकौँदेखिको समस्या भएका कारण अब सबै तथ्यको अध्ययन गरी एउटा ठोस निचोडमा पुग्नुपर्ने जनाएका छन् ।

      उनले नेपाली भूमिमा चीन र भारतको सहमतिबाट व्यापारिक उद्देश्यले सडक खुलाइएको बताए । नेपाली भूमिमा हुने क्रियाकलापबाट भारतमात्र नभइ चीन पनि पछि हट्नुपर्छ र यो समस्या समाधानका लागि त्रिदेशीय वार्ता गर्नुपर्ने बताए ।

      लीपुलेको विषयमा चीन र भारतबीच सम्झौता भएपछि त्रिदेशीय समस्या बन्न पुगेको औँल्याउदै उनले भने, ‘लिपुलेक प्रकरणपछि यो त्रिदेशीय बन्न पुगेको छ, यो दुई वटा देशले मात्र हल गरेर आफ्ट्यारो छ , यसमा चीन पनि संलग्न भएको छ ।’

      ‘लिपुलेक नेपाली भूभागको हो । सुगौली सन्धिअनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो भनिएको छ । त्यसपूर्वको सम्पूर्ण भूभाग नेपालको हो । त्यहीअनुसार राजनीतिक र कूटनीतिकरूपमा बहस गर्नुपर्छ ‘ प्रचण्डले भने ।

      विगतदेखि नै राजनीतिक र कूटनीतिकरूपमा विभिन्न चरणमा समाधानको प्रयास गरिए पनि निकास ननिस्किएका कारण हाल समस्याहरु थप जटिल बन्दै गएको उनले बताए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d