असार ३,२०८३ / ०३ : ३१ पूर्वान्ह / 2026-06-17 03:31 am
      • param ad
      • furniture
      • veera Incorporation

      चर्काचर्की पछि प्रधानमन्त्री ओली उठेर हिडे,नेकपा स्थायी कमिटी बैठक अनिश्चित

      - ६ वर्ष अगाडि
      वैशाख २४,२०७७

      काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद फेरि उत्कर्षमा पुगेको छ । स्थायी कमिटीको एजेण्ड तय गर्न बसेको सचिवालयको बैठकमा नेताहरुबीच चर्काचर्की भएपछि भोलीको लागि बोलाइएको स्थायी कमिटीको बैठक अनिश्चित भएको हो ।

      बैठकका बीचमै छाडेर प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएपछि भोलिको बैठक अनिश्चित बनेको हो । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार भोलि बस्ने बैठकको एजेण्डा तय गर्ने जिम्मा अध्यक्षद्वयलाई दिइएको छ ।

      सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड– एवं वरिष्ठ नेता माधव कुमार नेपालबीच चर्काचर्की भएको थियो  । एक व्यक्ति एक पदको एजेण्डा पारित गर्ने विषयमा असन्तुष्टि जनाउदै सचिवालय बैठक जारी रहेकै बेला प्रधानमन्त्री ओली उठेर हिडेका थिए ।

      नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको बैठकमा एजेण्ड तय गर्न अध्यक्षद्धयबीच गृहकार्य नपुगेकाले सचिवालयको बैठकले निर्णय गर्न नसकेको जानकारी दिनुभयो । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d