काठमाडौ, मंगलबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको वैठकले लकडाउनको समयावधि थप गर्न सरकारलाई सिफारिस गरेको छ ।
कोरोना भाइरसको जोखिम कम गर्न चैत ११ गतेबाट लगाईएको लकडाउन २५ गते बिहिबार सकिदैछ । सरकारले अब थप गर्ने लकडाउन खुकुलो बनाउने भन्दै गर्दा नेपालगञ्जमा कोरोना संक्रमितको संख्या बढेसंगै छलफलमा जुटेका थिए ।
आज बसेको समितिको बैठकले अत्यावश्यक सेवा संचालन गर्ने गरी लकडाउन थप्नु पर्ने सुझाव दिने निर्णय गरेको छ । कति दिन थप्ने भन्ने र अरू कुराहरू भोली बस्ने मन्त्रिपरिषद् बैठकले टुंगो लगाउँने जनाएको छ ।
संक्रमणको जोखिम अझै नसकिएको र नियन्त्रणका लागि सरकारले लिएको लकडाउनको नीति ठीक भएको बैठकले निष्कर्ष निकालेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उक्त बैठकमा प्रधानमन्त्रीसहित उच्चस्तरीय समितिका सदस्यसहित सबै सुरक्षा निकायका प्रमुखको उपस्थिति रहेको थियो ।








