काठमाडौ, यहि २६ वैशाखमा सरकारले बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ ।
आज प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यही २६ वैशाखमा बजेट अधिवेशन आह्वान गर्नेे निर्णय गरेको हो ।
यही बैशाख २६ ४ बजे आह्वान गरीएको बजेट अधिवेशनमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने नीति तथा कार्यक्रम र बजेटमाथि छलफल हुने छ ।
संसद अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बोलाउने संवैधानिक प्रवाधान छ ।








