असार ३,२०८३ / ०३ : ३० पूर्वान्ह / 2026-06-17 03:30 am
      • param ad
      • furniture
      • veera Incorporation

      आज नेकपा सचिवालयको बैठक बस्दै

      - ६ वर्ष अगाडि
      वैशाख २०,२०७७

      काठमाडौँ, नेकपापको सचिवालयको बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा दिउसो बस्ने छ । यस बैठकमा आफ्नो रणनीति बनाउन शीर्ष नेताहरुले आ आफ्नै तयारी गरेको स्रोतले जनाएको छ ।

      प्रधानमन्त्रीले बामदेव गौतमलाई कोरोना पछि प्रधानमन्त्री बनाउने र माधव कुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने भनेर राखेको प्रस्तावले संसकित बनेका प्रचण्ड र माधव नेपालले यसको जवाफ दिन आन्तरीक रणनीति तय गरेको बुझिएको छ ।

      जस अनुसार कोटेश्वरमा हिजो प्रचण्ड र नेपाल पक्षका केही नेताको छलफल भएको थियो । त्यसै गरी प्रचण्ड निवास खुमलटारमा पनि पूर्व माओवादी समुहका नेताहरुले अलग्गै छलफल गरेका थिए ।

      यो रणनीतिमा बरिष्ठ नेता झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ पनि सहमत छन् ।

      शुरुमा प्रधानमन्त्रीको राजीनामा मागेको यो पक्षले प्रधानमन्त्रीकै प्रस्ताव अनुसार वामदेव गौतमलाई नै प्रधानमन्त्री बनाउने हो भने पनि राजीनामाको मिति तोकेर लिखित माइन्युट गर्न आज दवाव दिने तयारी भएको एक नेताले दावी गरे ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d