असार ३,२०८३ / ०३ : ३२ पूर्वान्ह / 2026-06-17 03:32 am
      • param ad
      • furniture
      • veera Incorporation

      राष्ट्रपतिद्वारा दुवै अध्यादेश खारेज

      - ६ वर्ष अगाडि
      वैशाख १२,२०७७

      काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश खारेज गरेकी छिन् । आज दिउँसो मन्त्रिपरिषद बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेलगत्तै राष्ट्रपति भण्डारीले खारेज गरेकी हुन् ।

      मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम अध्यादेशहरु खारेज गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । चार दिनअघि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्य्विधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ प्रमाणिकरण गरेकी थिइन् । यसअघि आजै सरकारले सोमबार जारी गरेका दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d