मुलुक लकडाउनको अवस्थामा भएका बेला सरकारल्र जारी गरेको अध्यादेश बिरुद्द चौतर्फी बिरोध भएको छ ।
यसैबिच सरकार लोकतन्त्रका निम्ति घातक २ वटै अध्यायदेश फिर्ता लिन सरकारलाई दवाब दिन भोलि बैशाख १२ गते बिहान ९ बजे देशका ७७ वटै जिल्लाका प्रमुख स्थल हरुमा "साङ्केतिक बिरोध प्रदर्शन" को निम्ति ने.बि.संघ आव्हान गरेको छ ।
सबै ठाउँमा ५ जना मात्र जम्मा भएर, सामाजिक दूरी कायम राख्दै, लकडाउनका सबै नियमको पालना गर्दै १० मिनेट सम्म हातमा प्लेकार्ड तथा कालो झन्डा बोकी मर्यादित र अनुशासित रुपमा कार्यक्रम सम्पन्न गर्न काङ्ग्रेसको विद्यार्थी संगठन नेबिसंघले अनुरोध गरेको छ ।
सरकारले केही दिन अगाडि जारी गरेका अध्यादेशहरू संबैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी दुबै असंबैधानिक, अराजनीतिक, असंवेदनशिल तथा सनक र सत्ता राजनीतिकाे अत्यन्तै घृणित खेल भएकाेले उक्त बिधेयकहरू तत्काल फिर्ता गर्न दवाव दिने उद्देश्यले सामाजिक दुरी कायम गरि, स्वास्थ्य सावधानी अपनाउदै, भिडभाड नगरी सांकेतिक बिराेध गर्ने कार्यक्रम रहेकाे नेपाल विद्यार्थी संघका महामन्त्री युवराज पाण्डेयले जानकारी दिएका छन ।








