राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीबीच भेटवार्ता भएको छ।
बिहीबार साँझ शितल निवासमा भएको भेटमा समसमायिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिएका छन ।
पौने सात बजे शितल निवास पुगेका ओलीको भेटवार्ता ८ बजेसम्म जारी थियो।
यसअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा ओलीले अध्यादेश फिर्ता लिने बताएका थिए।
राष्ट्रपतिसँगको भेटमा अध्यादेश खारेज गर्ने विषयमा कुरा भएको हुन सक्ने नेकपाका नेताहरुले बताएका छन्। संविधानअनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने छिन्।








