काठमाडौं, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच पार्टी एकता भएको छ ।
सरकारले पार्टि विभाजन गर्न सहज हुने गरि अध्यादेश ल्याएपछि समाजवादीका केहि सांसद पार्टी फुटाउने तयारीमा लागेका थिए । ४० प्रतिशत सांसदका आधारमा पार्टी विभाजन गर्न लागेको संकेत पाएपछि दुई दल एक हुन लागेका हुन् ।
एक भएपछि पार्टि फुटाउन चाहने पक्षलाई ४० प्रतिशत सांसद जुटाउन कठिन हुनेछ । एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राख्ने सहमति भएको छ ।










