असार ३,२०८३ / ०३ : ३२ पूर्वान्ह / 2026-06-17 03:32 am
      • param ad
      • furniture
      • veera Incorporation

      अध्यादेश ल्याउने निर्णयप्रति नेविसंघ महामन्त्री पाण्डेयको विरोध , ओलीको मनसायमाथी नै प्रश्न

      - ६ वर्ष अगाडि
      वैशाख ९,२०७७

      काठमाडौ , हिजो मात्रै सरकारले दुइ अध्यादेश संबैधानिक परिषद् सम्बन्धी र राजनीतिक दल सम्बन्धी संसोधनको लागि मन्त्रिपरिषदबाट सिफारिस गरेको र तत्कालै राष्ट्रपतिबाट जारी गरिएको सन्दर्भमा सरकारको अध्यादेश ल्याउने निर्णयको नेपाल विद्यार्थि संघका महामन्त्री युवराज पाण्डेयले विरोध गरेका छन् ।

      देश र आम जनता कोभिड १९ बिरूध्द लडिरहदा संबैधानिक परिषद् सम्बन्धी र राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश संसोधनका लागि मन्त्रिपरिषद्को नियोजित तर आकस्मिक सिफारिस अनि राष्ट्रपतिको जारी गर्ने हतारो आखिर के का लागि ? भनेर प्रश्न खडा गरेका छन । उनी भन्छन - 'ओली नेतृत्वको सरकारको मनसाय छर्लङ्ग भैसकेको छ। यस्ता असंबैधानिक, घृणित,असम्वेदनशिल र गैरराजनीतिक खेलहरूको जति नै निन्दा गरे पनि कमै हुन्छ।'

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d