असार ३,२०८३ / ०३ : ३२ पूर्वान्ह / 2026-06-17 03:32 am
      • param ad
      • furniture
      • veera Incorporation

      पूर्वमाओवादी समूहका स्थायी कमिटी सदस्यलाई काठमाडौं नछाड्न प्रचण्डको निर्देशन

      - ६ वर्ष अगाडि
      वैशाख ८,२०७७

      काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीबाट बनेका स्थायी कमिटी सदस्यहरुलाई उपत्यका छाडेर टाढा नजान निर्देशन दिएका छन्। 

      सरकारले दल फुटाउन मिल्ने गरी नयाँ अध्यादेश ल्याएपछि नेपाली राजनीति एकाएक तातिएको छ । यसले सत्तारुढ दलमा निक्कै ठूलो हलचल पैदा गराएको छ ।

      सरकारले आज बसेको मन्त्रिपरिषदको बैठकमा अध्यादेश ल्याएलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीबाट बनेका स्थायी कमिटी सदस्यहरुलाई उपत्यका नछाड्न निर्देशन दिएका हुन् ।  ।

      नेकपाको स्थायी कमिटी ४४ सदस्यीय रहेको छ । ४५ सदस्यीय स्थायी कमिटीमा रहेको नेकपामा पूर्वमाओवादी समूहका अग्निप्रसाद सापकोटा सभामुख भएपछि ४४ सदस्यीय भएको हो । जसमा पूर्वमाओवादी प्रचण्ड समूहका १८ जना, ओली समूहका १२ जना, माधव नेपाल समूहको १३ (झलनाथ खनालसहित) र वामदेव गौतम गरी ४४ सदस्यीय रहेको छ ।

      पार्टी एकता भएको दुई वर्ष पुग्नै लाग्दासमेत पार्टी एकताको बाँकी सकेको छैन । तर, विवादले जरो गाडिरहेको बेलामा सरकार गरेको अध्यादेश ल्याउने निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सरकारले अध्यादेश ल्याउने निर्णय लिएसँगै तत्कालीन माओवादी केन्द्रनिकट नेताहरुले अध्यक्ष दाहाल निवासमा छलफल गरेका छन् ।

      प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच यसअघि सभामुख चयन, अमेरिकी परियोजना एमसिसी, बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने बिषय, उच्चस्तरीय राजनीतिक संयन्त्रको बिषयलाई लिएर विमति देखिएको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d