असार ३,२०८३ / ०२ : २२ पूर्वान्ह / 2026-06-17 02:22 am
      • param ad
      • furniture
      • veera Incorporation

      राष्ट्रियसभा उपाध्यक्ष दाहालद्धारा सातवटै प्रदेश सभाका उपसभामुखहरुसँग भिडियो सम्वाद

      - ६ वर्ष अगाडि
      वैशाख ४,२०७७

      काठमाडौं, राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालले ७ वटै प्रदेश सभाका उपसभामुखहरुसँग भिडियो कन्फरेन्स सम्वाद गरेकी छिन् । बिहीबार सिंहदरवारस्थित संसद सचिवालयबाट उपाध्यक्ष दाहालले प्रदेशसभाका उपसभामुखहरुसँग भिडियो सम्वाद गरेकी हुन् ।

      उक्त भिडियो सम्वादमा प्रदेशसभाका उपसभामुखहरुले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि सम्बन्धित प्रदेश सरकारले गरिरहेका कार्य, प्रदेश सभाको समन्वय र संघीय संसदमार्फत संघीय सरकारलाई सुझावहरु दिएका थिए । 

      भिडियोमा संवादमा राष्ट्रियसभाका उपाध्यक्ष दाहाल, प्रदेश नम्बर १ का उपसभामुख सरस्वती पोखरेल, प्रदेश नम्बर २ का उपसभामुख उपमाकुमारी देव, वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङ, गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा, प्रदेश नम्बर ५ का उपसभामुख कृष्णी थारु, कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्ती विष्ट र सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडाल जोशीले आ–आफ्नो धारणा राखेका थिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d