असार ३,२०८३ / ०२ : २२ पूर्वान्ह / 2026-06-17 02:22 am
      • param ad
      • furniture
      • veera Incorporation

      स्वदेशमा डेरा गरि बस्ने विद्यार्थीलाई राहत प्याकेज घोषणा गर्नुपर्ने नेविसंघको माग

      - ६ वर्ष अगाडि
      चैत २६,२०७६

      काठमाडाैं , नेपाल विद्यार्थी संघ (नेविसंघ) लामो समयसम्मकाे लकडाउनका कारण डेरा गरेर अध्ययनरत विद्यार्थीहरूले भाेग्नुपरेकाे समस्या र ज्याला मजदुरी गर्नेहरूलाई तत्काल यथाेचित राहतकाे ब्यवस्था गर्न र अध्ययनका लागि बिदेशमा रहेका विद्यार्थीहरूलाई आवश्यक सहयोग गर्न सरकारसँग जाेडदार माग गरेकाे छ । 

      बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै देशैभरी पढाईका क्रममा डेर लिएर बसेका तथा याे विपतिकाे समयमा घर जान नपाई डेरामै रहेका विद्यार्थीहरूलाई उच्च प्राथमिकतामा राखेर सरकारले राहत गर्नुपर्नेमा जाेड दिइएकाे छ । 

      केन्द्रीय अध्यक्ष राजिव ढुंगानाले विदेशमा अध्ययन गर्दै गरेका विद्यार्थीलाई दुतावासमार्फत आवश्यक सहयाेग उपलब्ध गराउन पनि विज्ञप्तीमार्फत  माग गरेका छन् । 

      महामन्त्री युवराज पाण्डेयले डेरा गरेर बिभिन्न ठाउमा बस्ने विद्यार्थीहरु लामाे समयसम्मकाे लकडाउनका कारण अत्यन्त कठीन अवस्थामा दैनिकी गुजार्न बाध्य भएकाले तिनीहरुकाे पहिचान गरि तत्काल राहतकाे प्याकेज ल्याउनुपर्ने र अध्ययनका शिलिशलामा बिदेश रहेका विद्यार्थीहरु जाे संकट र समस्यामा छन तिनीहरुलाई पनि सम्बन्धित देशमा रहेकाे दुतावास र अन्य निकायहरुबाट सहयोग र साथ दिनुपर्ने बताएका छन । 

      महामन्त्री पाण्डेयले भने- ‘डेरागरेर बिभिन्न ठाउमा बस्ने विद्यार्थीहरु लामाे समयसम्मकाे लकडाउनका कारण अत्यन्त कठीन अवस्थामा दैनिकी गुजार्न बाध्य छन तिनीहरुकाे पहिचान गरि तत्काल राहतकाे प्याकेज घोषणा गर्न माग गर्दछु ।’ 

      उनले एकातिर विदेशमा रहेका विद्यार्थीहरू अफ्ठेराेमा तथा अर्कोतिर लकडाउन र छाेराेछाेरीकाे भविष्य र स्वास्थ्यप्रति अभिभावकमा चिन्ता छाएकाेले नेविसंघले सरकारलाई घच्घच्याइरहनुपरेकाे बताए ।  

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d