असार ३,२०८३ / ०२ : २२ पूर्वान्ह / 2026-06-17 02:22 am
      • param ad
      • furniture
      • veera Incorporation

      प्रधानमन्त्री ओलीले आज देशबासीको नाममा सम्बोधन गर्ने

      - ६ वर्ष अगाडि
      चैत २५,२०७६

      काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् ।

      बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरिरहेका कामबारे जानकारी दिनेछन् ।

      प्रधानमन्त्री ओलीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्ने जनाइए पनि समय भने तय नभएको स्रोतले जनाएको छ । यसअघि प्रधानमन्त्रीले आजै देशवासीका नाममा सम्बोधन गर्ने बताइएको थियो।

      लक डाउन जारी हुनुअघि प्रधानमन्त्री ओलीले चैत ७ गते देश देशवासीलाई सम्बोधन गरेका थिए ।

      कोरोना कारण मुलुकमा लकडाउन गरिएसँगै सरकारले प्रत्यक्ष असर पुर्‍याएकाहरुलाई राहतको प्याकेजको पनि घोषणा गरेको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d